पश्चिमी अस्ट्रेलियाको तटमा ५० भन्दा बढी पाइलट ह्वेल मृत फेला

पश्चिमी अस्ट्रेलियाको तटमा ५० भन्दा बढी पाइलट ह्वेल मृत फेला
नेपालआईज
१० साउन २०८० ९:०६

पर्थ । पश्चिमी अस्ट्रेलियाको तटमा ५० भन्दा बढी पाइलट ह्वेल मृत फेला परेका छन् ।

बुधबार बिहान पार्क्स एण्ड वाइल्डलाइफ सर्भिसले पश्चिमी अष्ट्रेलियाको चेनेस किनारामा फसेका ५१ पाइलट ह्वेल मरेको भेटिएको जनाएको हो ।

यता ४६ पाइलट ह्वेललाई गहिरो पानीमा ल्याउने प्रयास भइरहेको जनाइएको छ । वन्यजन्तु विशेषज्ञहरूले ह्वेलको असामान्य व्यवहार समुन्द्रभित्र तनाव वा रोगको सूचक हुनसक्ने अनुमान गरेका छन् ।

एक साताअघि स्कटल्याण्डको लुईस आइलको ट्राघ म्होर समुद्र तटमा ५५ ह्वेलहरूको समूह मृत फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको