प्रकाश धितालको नेतृत्वमा एनएएएचपीएको नयाँ कार्य समिति चयन

प्रकाश धितालको नेतृत्वमा एनएएएचपीएको नयाँ कार्य समिति चयन
नेपालआईज
१० साउन २०८० ७:४८

अस्ट्रेलिया । अस्ट्रेलियास्थित नेपलीज अस्ट्रेलियन आलाइड हेल्थ प्रोफेशनल्ज एसाेसिएशन (एनएएएचपीए) ले नयाँ कार्य समिति चयन गरेको छ ।

एनएएएचपीएको हालै भएको दोश्रो वार्षिक साधारणसभाले प्रकाश धिताल (फिजियोथेरापी, क्वीन्सल्याण्ड) को नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । संस्थाका उपाध्यक्षमा जीवानाथ देवकोटा (अकुपेस्नल थेरापी, ताज्मानिया), कोषाध्यक्षमा रुमा वाग्ले (सोसल वोर्क, क्वीन्सल्याण्ड), सचिवमा अम्बिका श्रेष्ठ (फिजियोथेरापी, क्वीन्सल्याण्ड), सह-सचिवमा (अमृत सापकोटा (फिजियोथेरापी, न्यु साउथ वेल्स) र प्रवक्तामा निर्मल कार्की, (फिजियोथेरापी, न्यु साउथ वेल्स) रहेका छन् ।

त्यस्तै, कार्यकारी सदस्यहरूमा सुनीति अमात्य (फिजियोथेरापी, भिक्टोरिया), सवी हमाल (स्पीच प्याथोलोजी , न्यु साउथ वेल्स) र महेश कोइराला (न्युत्त्रीसन् , न्यु साउथ वेल्स) चयन भएका छन् । १६ जुलाई २०२३ मा जूमको माध्यमबाट सम्पन्न साधारणसभाले २०२३-२०२५ का लागि कार्यकारी समिति चयन गरेको हो ।

समितिमा अस्ट्रेलियाका विभिन्न राज्यबाट व्यवसायीहरूको प्रतिनिधित्व रहेको छ। यो आलाइड हेल्थ प्रोफेसनलहरूको संस्ठा हो । सन् २०११ अप्रिलमा स्थापना भएको एनएएएचपीएले अस्ट्रेलियाभित्र स्वास्थ्य सेवामा सम्बद्ध Physiotherapist, Occupational Therapist, Speech pathologist, Social worker, Nutritionist, Osteopath, Chiropract आदिलाई संगठित गर्दछ ।

स्थापनादेखि नै यस संस्थाले अस्ट्रेलिया तथा नेपालमा रहेका अन्य गैरनाफामूलक संस्थाहरूसँग समन्वय गरी ज्ञान आदानप्रदान जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । साथै संस्थाका सदस्यहरूको व्यावसायिक व्यक्तित्व विकासका कार्यक्रमहरू र अन्य संस्थाहरूले गर्ने सामाजिक कार्यक्रमहरूमा उपस्थिति जनाउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको