अस्ट्रेलिया । अस्ट्रेलियाको गोल्ड कोस्टका एक पूर्व ‘बाल हेरचाहकर्मी’माथि १,६२३ वटा बाल दुर्व्यवहारको आरोप लागेको छ । अस्ट्रेलियाको फेडेरल पुलिसका अनुसार उक्त घटनामा ८७ पीडितहरू रहेका छन् ।
सन् २००७ देखि २०२२ बीचमा १३६ बलात्कार तथा १० वर्ष मुनिका बच्चासँग यौन सम्पर्क गरेको ११० वटा अपराधका घटना भएका छन् । यी घटनाहरू अस्ट्रेलियाको ब्रिस्बेन, सिड्नी र विदेशमा भएको फेडेरल पुलिसले जनाएको छ ।
४५ वर्षीय अभियुक्त पुरुष अगस्त २०२२ देखि प्रहरी हिरासतमा छन् । उनलाई फेडेरल पुलिसको अपरेशन टेन्टरफिल्डअन्तर्गत पक्राउ गरिएको हो ।
न्यू साउथ वेल्सका असिस्टेन्ट कमिसनर माइकल फिट्जगेराल्डले आफ्नो ४० वर्षको करियरमा देखेको ‘सबैभन्दा डरलाग्दो बाल दुर्व्यवहारका घटनाहरूमध्ये एक’ भएको बताए ।