अस्ट्रेलियामा बास्केटबल खेलिरहेका बालकमाथि छुरा प्रहार

अस्ट्रेलियामा बास्केटबल खेलिरहेका बालकमाथि छुरा प्रहार
नेपालआईज
१७ साउन २०८० १३:०३

अस्ट्रेलिया । अस्ट्रेलियामा दुई बालकमाथि छुरा प्रहार भएको छ । मेलबर्नको पश्चिममा साथीहरूसँग बास्केटबल खेल्ने क्रममा १६ वर्षीय बालकसहित दुई जनामाथि छुरा प्रहार गरिएको हो ।

बिहीबार साँझ बास्केटबल खेल्दै गर्दा १६ वर्षीय र्‍यान सिंह र उनका दुई साथीमाथि ७-८ जनाको समूहले आक्रमण गरेको थियो । यो समूहले तीनै जनालाई नियन्त्रणमा लिएर उनीहरूसँग रहेको मोबाइल तथा र्‍यानले लगाएको नाइक एयर जोर्डन स्किनर दिन धम्की दिएका थिए ।

क्रिकेटसमेत खेल्ने गरेका सिंहको पिठ्यू, हात तथा टाउकोमा चक्कुले आक्रमण गरिएको थियो । भिक्टोरिया प्रहरीले जनाएअनुसार अर्का एक जनामाथि पनि चक्कु प्रहार गरिएको थियो । सिंहकी आमा सुश्मा मानन्धरले आफूहरूले छोराको जन्मदिन मनाउने तयारी गरिरहेको समयमा आक्रमण भएको बताइन् । सिंहको औँलाको शल्यक्रिया गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको