भिक्टोरियामा जंगली च्याउ खाएर तीन जनाको मृत्यु

भिक्टोरियामा जंगली च्याउ खाएर तीन जनाको मृत्यु
नेपालआईज
२१ साउन २०८० १५:३०

मेलवर्न । भिक्टोरियाको दक्षिण गिप्सल्याण्डमा खानामा खाएको जंगली च्याउबाट तीन जनाको मृत्यु भएपछि होमिसाइड पुलिसले हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको छ ।

जंगली च्याउ खाएपछि ६६ वर्षीया तथा ७० वर्षीया दिदी-बहिनी तथा ७० वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो । दिदी-बहिनी अगस्ट ४ तथा पुरुषको अगस्ट ५ मा मृत्यु भएको थियो । त्यसैगरी, एक ६८ वर्षीय पुरुष अस्पतालमा भर्ना भएका छन् ।

उनीहरू जुलाई ३० मा खाना खाएपछि विरामी परेको प्रहरीले जनाएको छ । भिक्टोरिया प्रहरीले अहिले लियोनगाथाको एक घरमा छानबिन गरिरहेको छ । अहिलेसम्म उनीहरूले कुन च्याउ खाए भन्ने एकिन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको