Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियामा बस्ने नेपाली महिलालाई ‘नइ नारी गौरवी पुरस्कार’ द्वारा सम्मान
नेपालआईज
३० साउन २०८० १६:३३
अस्ट्रेलिया । नइ एकेडेमी अस्ट्रेलियाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरूलाई सम्मान गरेको छ । अगस्ट ११ मा भएको समारोहमा नारीहरूलाई ‘नइ नारी गौरवी पुरस्कार’, ‘नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३ अवार्ड’ द्वारा सम्मान गरेको हो ।
शिक्षा तथा समाजसेवातर्फ जमुना गुरुङ, विज्ञान तथा प्रविधितर्फ डा.अर्चना कोइराला र कला, संस्कृति र समाजसेवातर्फ नारी निकुञ्ज अस्ट्रेलिया ‘नइ नारी गौरवी पुरस्कार’, ‘नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३ अवार्ड’ प्रदान गरियो ।
ती पुरस्कारका राशि जनही पाँच सय डलर छ । त्यसैगरी, अस्ट्रेलियामा बसोबास गरी विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने नारीहरूलाई नइ एकेडेमी अस्ट्रेलियाले कदरपत्र प्रदान गरेको छ । नइले स्वेता मैनाली, उषा किरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, नीना शाही र प्रतिज्ञा अधिकारीलाई कदरपत्र प्रदान गरेको छ ।
सोही कार्यक्रममा नइले तीज विशेष कार्यक्रम पनि गरेको थियो । समारोहमा जेनिशा गौतम, सुनिश कटुवाल, निशा केसी, बिन्दु पौडेल र दिप्शी भट्टले प्रस्तुति दिएका थिए । ग्रानभिलको रातो घरमा भएको समारोहको सभापतित्व नइ एकेडेमी अस्ट्रेलियाका संस्थापक तथा अध्यक्ष सीमा रोशीले गरेकी थिइन् ।