अस्ट्रेलियामा एक आप्रवासी बेपत्ता

अस्ट्रेलियामा एक आप्रवासी बेपत्ता
नेपालआईज
१९ भदौ २०८० ९:३८

अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नीमा एक आप्रवासी बेपत्ता भएका छन् ।
सिड्नीको सीबीडीबाट २३ वर्षीय नवीन खनाल बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीले खनाललाई पत्ता लगाउन सार्वजनिक सहयोगको लागि अपिल गरेको छ। नवीनलाई अन्तिम पटक शनिबार (२६ अगस्ट २०२३) बेलुकी ५ बजे सेन्ट्रल रेलवे स्टेशन सिड्नीमा देखिएको थियो ।

उनलाई अन्तिम पटक कालो हुड भएको ज्याकेट, खैरो रंगको शर्ट, कालो प्यान्ट र पहेंलो लेन्ससहितको गोलो चस्मा लगाएको देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको