लनचेस्टन । तास्मानियाको लनचेस्टन युनाइटेड क्लबका जुनियर खेलाडी अल्गेश प्रधानले राष्ट्रिय प्रतियोगिता खेल्ने भएका छन् ।
अल्गेशले तस्मानिया टीएसपी टोलीबाट राष्ट्रिय प्रतियोगितामा खेल्नका लागि छनोट भएका छन् । अल्गेशले सेप्टेम्बर १९ बाट वेस्टर्न युनाइटेड एकेडेमी प्रशिक्षण केन्द्रमा सुरु हुने अन्डर–१४ टीएसपी स्टेट अफ ओरिजिन टूर्नामेन्टमा खेल्ने छन् । उनी संगै रोज हाइड र एल्सी मिलर पनि खेल्ने छ ।
सेप्टेम्बर र अक्टोबरमा फुटबल तस्मानियाको प्रतिभा समर्थन कार्यक्रम (टीएसपी) ले देशभरका धेरै राष्ट्रिय प्रतियोगितामा भाग लिनेछ ।