अस्ट्रेलिया । भिक्टोरिया सरकारले भिक्टोरियामा विभिन्न समुदायले आयोजना गर्ने कार्यक्रमहरूलाई आर्थिक सहयोग गर्ने भएको छ । भिक्टोरिया राज्यका बहुसांस्कृतिक मामिलामन्त्री कोलिन ब्रुक्सले सन् २०२४ को जनवरी १ देखि ३० जुनको बीचमा विभिन्न समुदायले आयोजना गर्ने कार्यक्रमहरूलाई आर्थिक सहयोग प्रदान गर्न मल्टिकल्चरल फेस्टिभल्स एन्ड इभेन्ट्स प्रोग्राम घोषणा गरेका हुन् ।
उनले गत हप्ता उक्त कोषको घोषणा गरेका हुन् । भिक्टोरियाको जीवन्त जातीय र सांस्कृतिक विविधतालाई सुदृढ गर्ने उदेश्यले सांस्कृतिक उत्सव मनाउने र प्रदर्शनका कार्यक्रमहरू आयोजना गर्न महानगरीय क्षेत्रका संस्थाहरूलाई ५० हजार डलरसम्मको अनुदान उपलब्ध गराइने छ।
ब्रुक्सले भिक्टोरियामा बहुसांस्कृतिक कार्यक्रमहरूलाई सहयोग गर्न १० लाख डलरभन्दा बढीको अनुदासमेत घोषणा पनि गरे । ब्रुक्सले बहुसांस्कृतिक महोत्सव र कार्यक्रमले खेलेको भूमिकाप्रति आफूलाई गर्व लागेको तथा राज्य सरकारले महोत्सव र कार्यक्रमहरूलाई समर्थन जारी राख्ने बताए ।
ब्रुक्सका अनुसार एन्ड्रयूजको लेबर सरकारले चार वर्षमा २५ भन्दाबढी बहुसांस्कृतिक कार्यक्रमहरूमा थप १२ मिलियन डलर लगानी गरेको थियो ।
तीमध्ये एक लोन्सडेल एन्टिपोड ग्रिक फेस्टिभल पनि रहेको थियो । उक्त फेस्टिभलमा १ लाख ५० हजार दर्शकलाई लोन्सडेल स्ट्रिटमा आकर्षित गरिएको थियो ।
त्यसैगरी सन् २०१४ देखि हालसम्म १० हजार कार्यक्रमहरूका लागि भिक्टोरिया राज्यमै २५ मिलियन खर्च गरिएको छ । उक्त कोषका लागि अक्टोबर २७ सम्म आवेदन दिन सकिनेछ ।
यसरी दिनुहोस आवेदन ।