किन आउदैछन,राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अस्ट्रेलिया ?

किन आउदैछन,राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अस्ट्रेलिया ?
नेपालआईज
२९ साउन २०८१ ०:५२

मेलबर्न ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन अस्ट्रेलिया  आउने भएका छन्।   उनले मेलबर्न, सिड्नी र एडिलेडमा रहेका  पार्टीका सुभचिन्तकहरुसंग भेटघाट   तथा अन्तर्किया गर्ने कार्यक्रम रहेको छ ।

लिङ्देन अगष्ट १६ तारिखमा अस्ट्रेलिया  आउने छन भने  अगष्ट १७ तारिखमा प्रवासी नेपाली एकता समाज भिक्टोरियाले आयोजना गर्ने समुदायसंगको अन्तर्क्रियामा सहभागी हुँदैछन् । उनले सो कार्यक्रममा विशेष सम्बोधन गर्नेछन् ।

प्रवासी नेपाली समाज भिक्टोरियाका अध्यक्ष सुन्दर कार्कीका अनुशार कार्यक्रम आगामी शनिवार ब्रन्सविकको  ईस्टोनियन हलमा साँझ ५ बजेदेखि ९ बजेसम्म हुने छ । अध्यक्ष कार्कीले  लिङ्देन सहभागी हुने कार्यक्रममा सहभागी हुन भिक्टोरियाका नेपाली समुदायसंग आवद् संघ संस्थाका प्रतिनिधिहरुलाइ आमन्त्रण गरिएको जानकारी दिए । अध्यक्ष लिङ्देन एडिलेड र सिड्नीमा हुने अन्तर्किया कार्कक्रममा पनि सहभागी हुनेछन् ।

र्कायक्रममा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला, राप्रपा केन्द्रीय सदस्य तथा यात्रा बिभाग प्रमुख आनन्द अधिकारी र राप्रपा केन्द्रीय सदस्य हिक्मतङ कार्की समेतको उपस्थिति रहने छ।

राप्रपा प्रबक्ता महोन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनको यो पहिलो अस्ट्रेलिया भ्रमण हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर