काठमाडौं । सरकारले चित्रलेखा यादवलाई अस्ट्रेलियाका लागि राजदूत सिफारिस गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यादवलाई सिफारिस गरेको हो। परराष्ट्र मन्त्री राणाले यादवको नाम प्रस्तावकी थिइन् ।
यादव काँग्रेसको कोषाध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालिसकेकी पूर्व उपसभामुख हुन् । यस अघि कांग्रेसको कोटाबाट सिफारिस भएकी कान्ता रिजालमाथि गम्भीर आरोप लागेपछि सरकारले उनको नाम फिर्ता लिएको थियो।