लनचेस्टन । अस्ट्रेलियामा मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम कसरी गर्ने सकिन्छ,भन्नेबारेमा प्रवासी नेपाली मञ्च ( ओएनएफ) तास्मानियाले सरोकारवालासँग छलफल थालेको छ ।
“आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ” भन्ने विषयवस्तुमा एनएफले मङ्गलवार तास्मानियाको स्थानीय नेपाली समुदायका प्रतिनिधि र विषयवज्ञहरुवीच अन्तर्क्रिया गरेको थियो ।
कार्यक्रममा मनोविज्ञ करुणा कुँवर र Mental Health First Aid (MHFA) प्रशिक्षक भारत नेपालले सहभागीहरूलाई आत्महत्या रोकथामका उपाय जानकारी गराए । मनोविज्ञ करुणा कुँवरले आत्महत्या रोकथामका लागि समाजमा रहेको कलङ्क हटाउन र खुला संवाद आवश्यक रहेको बताउनु भयो ।
त्यसै गरी, भरत नेपालले अस्ट्रेलियामा उपलब्ध मानसिक स्वास्थ्य सेवाहरू, हेल्प लाइनहरूको जानकारी र आत्महत्यासम्बन्धी तथ्याङ्कहरू प्रस्तुत गर्नुभयो। उहाँले अस्ट्रेलियाको नेपाली समुदायमा आत्महत्या रोकथामका लागि गरिएका प्रयासहरूबारे चर्चा गर्दै, First Aid सम्बन्धी जानकारी दिनुभयो।
सहभागीहरूलाई आत्महत्या रोकथाममा तत्काल के कदमहरू चाल्न सकिन्छ भन्नेबारे व्यावहारिक उपायहरू प्रदान गरियो।
कार्यक्रममा NRNA, नारी निकुञ्ज, NSNT, NEST, ONF लगायतका विभिन्न संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। यस कार्यक्रमले नेपाली समुदायमा आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यको महत्त्वमा सकारात्मक सन्देश पुर्याएको छ।
अन्तर्क्रिया कार्यक्रममा सहभागिहरुलाई धन्यवाद दिदैं ,ओएनएफ तास्मानियाका अध्यक्ष मुगेन गौतमले ‘आत्महत्या’ रोकथामको बिषयमा समुदायमा व्यापक छलफल आवश्यक रहेको बताउनु भयो ।