नेप्लिज फुटबल क्लब तास्मानियाले ‘दशै‌ कप’  आयोजना गर्ने 

नेप्लिज फुटबल क्लब तास्मानियाले ‘दशै‌ कप’  आयोजना गर्ने 
नेपालआईज
८ असोज २०८१ २३:४४

तस्मानिया । नेप्लिज फुटबल क्लब तास्मानिया (NFCT) ले  होबार्टमा  तेस्रो ‘KBA Global NFCT Dashain Cup 2024’ को आयोजना गर्ने भएको छ।

विजयादशमीको अवसरमा आयोजित यो प्रतियोगिता असोज १२ गते, २०८१ (28 सेप्टेम्बर 2024) मा तस्मानियाको कोर्लियन बे ओभल (Corlian Bay Oval), १५ क्विन्स वाक, न्यु टाउनमा हुनेछ।

यो प्रतियोगिता दुई समूहमा विभाजित छ, जसमा समूह A बाट ४ टिम र समूह B बाट ३ टिम गरि कुल ७ टिम सहभागी हुनेछन्। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने  प्रतियोगिताका म्याच कमिस्नर तथा पब्लिक रिलेसन अफिसर हरि गौतमले जानकारी दिए । 

प्रतियोगिताको विजेतालाई  २ हजार ५ सय डलर नगद पुरस्कारका साथै ट्रफी र मेडल प्रदान गरिनेछ भने उपविजेताले  १ हजार डलर, ट्रफी र मेडल प्राप्त गर्नेछन्।
यसका साथै, उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिनेछ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, र अनुशासित टिमलाई ट्रफी प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई विशेष रूपमा २ सय  डलर नगद पुरस्कार प्रदान गरिने  छ । 

दुईवटा सेमीफाइनल र फाइनल खेलमा ‘म्यान अफ द म्याच’ लाई पनि ट्रफी प्रदान गरिनेछ।  प्रतियोगितामा फुटबल खेलसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्। बालबालिकाहरूको खेल, महिला पेनाल्टी शूटआउट, र NFCT Senior VS Corporate Social खेल विशेष आकर्षणको रूपमा प्रस्तुत गरिनेछन्। यसले नेपाली समुदायका सदस्यहरूलाई एक ठाउँमा ल्याउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

NFCT क्लबको स्थापना सन् २०१९ मा भएको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको