Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
तास्मानिया । नेपाल बसेर विदेश सोच्ने हो,भने त्यहाँ सव थोक मिल्छ । तर, विदेशमा जिन्दगानी सोचे जस्तो छैन , विदेशमा कर्म वा भाग्यले साथ दिएन भने सव थोक गुम्न पनि सक्छ ।
यस्तै भाव समेटिएको चेतन सापकोटाको शव्द/संगित र अस्ट्रेलिया निवासी हरि दाहालले स्वर दिएको ‘सपनामा सोचे जस्तो’ नामक म्युजिक भिडियो OSR Digital को युट्युब च्यानल मार्फत सार्वजनीक भएको छ ।
यो गित संगित मार्फत विदेश नगएर पनि स्वेशमा कर्म गर्न सकिन्छ भने सन्देश दिएको संगितकार तथा गितका रचनाकार सापकोटाको भनाई छ । उक्त गितका गायक भन्छन ‘यो गितले विदेशमा आएका लाखौं मानिहरुको भाव बोलेको छ । अहिले म अस्ट्रेलियामा छु , नेपालमा रहदा अस्ट्रेलिया आएपछि कस्तो नै हुन्छ जस्तो लागेको थियो । तर,परदेश घरदेश जस्तो कहाँ हुँदो रहेछ छ र ,दाहालले थपे यो गितमा स्वर भरिरहदा म धेरै पटक भावुक भए । त्यसैले एक पटक भएपनि हाम्रो गित सुन्नु होला ’
गितको म्युजिक एरेन्जर दिनेश राजवाहक हुन भने म्युजिक भिडियोमा देशभक्त खनाल ,प्रमिला खनाल ,मिलन कार्की , अर्जुन दुलाल,रमेश वज्राचार्य ,दिपक कोईराला ,खेम नेपाली ,लक्ष्मी देवि बाँनिया र रञ्जन कोजुले अभिनय गरेका छन् । म्युजिक भिडियोमा बालकलाकार शायना हुमागाई र निर्देशन तथा अवधारणा हरि हुमागाईको रहेको छ । उक्त म्युजिक भिडियो पिक डिजिटल स्टुडियोमा निर्माण गरिएको थियो भने भोकल रेकर्ड Bent Earned लनचेस्टनमा गरिएको थियो ।