अस्ट्रेलिया । सिड्नीका चर्चित डाक्टर चिन वेन टान, ठगीको आरोपमा दोषी ठहर भएका छन्। उनले मेडिकेयरबाट झुठा दाबी गर्दै ४ लाख डलर हिनामिना गरेको ठहर गरिएको छ। डाक्टर टानले सन् २०२० र २०२१ को बीचमा ४ हजार भन्दा बढी बिरामीहरूको झूटा विवरण पेस गरी ठग्ने प्रयास गरेको अदालतको ठहर छ। उनले २०१९-२०२० को सेवाहरूको बिल तिरेर, आवश्यक कागजात नराखी, पछि झूटा विवरणहरू बुझाएका थिए ।
सन् २०२१ मा, PSR समितिसँगको छलफलका क्रममा उनले प्रश्नहरूको जवाफ दिन अस्वीकार गरे। पछि, उनले गलत रूपमा लिइएको ६ हजार ८ सय ५० डलर रकम फिर्ता गरे। सन् २०२२ मा, उनले मेडिकेयर ठगी गरेको स्वीकार्दै ४ लाख डलर तिर्ने सम्झौतामा हस्ताक्षर गरे।
स्वास्थ्य हेरचाह उजुरी आयोग (HCCC) ले उनको चिकित्सा दर्ता रद्द गर्न अदालतमा मुद्दा दायर गर्यो। न्यू साउथ वेल्स नागरिक र प्रशासनिक ट्रिब्युनल (NCAT) ले उनलाई “गम्भीर पेशागत बदमासी गरेको भन्दै चिकित्सा अभ्यास गर्न तीन वर्षका लागि प्रतिबन्ध लगाएको छ। साथै, अदालतको खर्च तिर्नुपर्ने आदेश दिइएको छ।
यो समाचार विस्तृतमा यहाँ हेर्नसक्नुहुन्छ ।