भिक्टोरियाको एक खानेपानी ट्याङ्कीमा मृत जनावर भेटियो, पानी उमालेर पिउन अनुरोध

भिक्टोरियाको एक खानेपानी ट्याङ्कीमा मृत जनावर भेटियो, पानी उमालेर पिउन अनुरोध
नेपालआईज
७ चैत २०८१ ६:१४

मेलबर्न -भिक्टोरियाको शोरह्याम जलाशयमा मर्मत-जाँचका क्रममा मृत सुँगुर प्रजातिको जनावर भेटिएपछि पानी दूषित हुन सक्ने आशंकामा फ्लिन्डर्स, पोइन्ट लियो, र शोरह्यामका बासिन्दालाई धाराको पानी उमालेर मात्र पिउन अनुरोध गरिएको छ।

ई-कोलाई जीवाणु भेटिनु पानीमा अन्य हानिकारक जीवाणु पनि हुन सक्ने संकेत भएकाले बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू बढी जोखिममा पर्ने चेतावनी दिइएको छ।

बोतलको पानी सुरक्षित मानिएको छ। त्यस्तै, खानेकुरा पकाउने, खानाको तयारी गर्ने, फलफूल सफा गर्ने, आइस बनाउन, र दाँत माझ्नका लागि पनि उमालेको वा बोतलको पानी मात्र प्रयोग गर्न सल्लाह दिइएको छ।

पिउने पानी फ्लिन्डर्स सिभिक हल र शोरह्याम रिक्रिएसन रिजर्भबाट उपलब्ध गराइँदैछ। अर्को चेतावनी बेलुका ५ बजे जारी गरिनेछ। थप जानकारीका लागि VicEmergency वेबसाइट वा १८०० २२६ २२६ हटलाइनमा सम्पर्क गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर