काठमाडौंमा शुक्रबार घरमै बस्न अष्ट्रेलियाली दूतावासको अपिल

काठमाडौंमा शुक्रबार घरमै बस्न अष्ट्रेलियाली दूतावासको अपिल
नेपालआईज
१२ चैत २०८१ १०:५६


काठमाडौं- अष्ट्रेलियाली दूतावासले शुक्रबार काठमाडौँमा ठूला राजनीतिक प्रदर्शनहरू हुने अनुमान गर्दै आफ्ना नागरिकहरूलाई घरबाहिर ननिस्कन सचेत गराएको छ।

दूतावासले बुधबार जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ कि काठमाडौँ उपत्यकामा प्रदर्शनका कारण यातायात अवरुद्ध हुनसक्ने र सुरक्षा उपस्थिति बढ्ने संभावना छ। नागरिकहरूलाई बाहिर कम निस्कन, भिडभाड र प्रभावित क्षेत्रबाट टाढा रहन र समाचार अपडेट गर्न अपिल गरिएको छ।

कर्फ्यू लगायत स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ। शुक्रवार, चैत १५ गते, माओवादी केन्द्र र राजसंस्था पक्षधरहरूले प्रदर्शन आयोजना गर्ने तयारी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको