सिड्नी — एक नयाँ अन्तर्राष्ट्रिय सर्वेक्षणले अस्ट्रेलियालीहरू अपेक्षाकृत कम मैत्रीपूर्ण रहेको संकेत गरेको छ। सर्वेक्षणमा सहभागी प्रवासीहरूले अस्ट्रेलियालाई भ्रमणका लागि सबैभन्दा मैत्रीपूर्ण देशहरूको सूचीमा मात्र २० औं स्थान मा राखेका छन्।
यो अध्ययन विश्वभरका प्रवासी तथा यात्रुहरूको अनुभवमा आधारित थियो। अस्ट्रेलियालाई बहुसांस्कृतिक राष्ट्रका रूपमा चिनिए पनि, यहाँका स्थानियहरू प्रवासीहरूप्रति अपेक्षित न्यानोपन देखाउन चुकेको अध्ययनले देखाएको छ।
प्रवासीहरूले अस्ट्रेलियामा स्वागतभाव कम महसुस गरेको तथा स्थानिय समुदायबाट पूर्ण अपनत्व नपाएको गुनासो गरेका छन्। पर्यटन र आप्रवासनको दृष्टिले महत्त्वपूर्ण गन्तव्य मानिने अस्ट्रेलियाका लागि यो नतिजा पुनर्विचारयोग्य भएको विज्ञहरू बताउँछन्।
यस अध्ययनले अस्ट्रेलियालाई सर्वाधिक स्वागतयोग्य देश मान्ने परम्परागत धारणा पुनर्विचार गर्न आवश्यक रहेको देखाएको छ।