काठमाडौंमा क्यामेरापर्सन सुरेश रजकको मृत्यु तथा पत्रकारमाथिको आक्रमणप्रति एन्जाको गम्भीर ध्यानाकर्षण

काठमाडौंमा क्यामेरापर्सन सुरेश रजकको मृत्यु तथा पत्रकारमाथिको आक्रमणप्रति एन्जाको गम्भीर ध्यानाकर्षण
नेपालआईज
१५ चैत २०८१ २१:०९

अस्ट्रेलिया – अस्ट्रेलियन नेपाली जर्नलिस्ट एसोसिएसन (ANJA) ले काठमाडौंमा पूर्वराजाका समर्थकहरूले आयोजना गरेको प्रदर्शनको समाचार संकलनका क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको मृत्यु तथा पत्रकारमाथि भएको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।

चैत १४ गतेको घटनालाई लिएर एन्जाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विभिन्न समयमा भएका आन्दोलनहरूमा सञ्चारकर्मीहरू पटक–पटक लक्षित बन्दै आएका छन्। यस्तो अवस्था प्रेस स्वतन्त्रता तथा लोकतन्त्रको मर्म विपरीत हो।”

संघले सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको परिवारप्रति समवेदना प्रकट गरेको छ र सत्यतथ्य छानबिन गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। साथै, पत्रकारहरूले स्वतन्त्र र सुरक्षित वातावरणमा काम गर्न पाउनु पर्नेमा जोड दिँदै, “सरकार तथा आन्दोलनकारी पक्षहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्छ,” भन्ने संघको भनाइ छ।

एन्जाले सञ्चारकर्मीहरूलाई स्वतन्त्र रूपमा काम गर्न सक्ने वातावरण निर्माण गर्न सम्पूर्ण सरोकारवालासँग अपिल समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर