अष्ट्रेलियाका ठूला सुपर फन्डहरूमा साइबर आक्रमण, तपाईंको खाताबाट पैसा हरायो कि?

अष्ट्रेलियाका ठूला सुपर फन्डहरूमा साइबर आक्रमण, तपाईंको खाताबाट पैसा हरायो कि?
नेपालआईज
२१ चैत २०८१ १:१३

मेलबर्न –अष्ट्रेलियाका शक्तिशाली र प्रभावशाली सुपर फन्डहरू साइबर आक्रमणको शिकार बनेका छन्। क्राउन्स स्ट्राइकिङ्ग नामक साइबर आक्रमणपछि सयौं सदस्यको खाताबाट पैसा हराएको रिपोर्ट गरिएको छ। पासवर्ड लिक भएको कारण प्रभावित सदस्यहरूले आर्थिक क्षति बेहोर्नु परेको बताइएको छ।

प्रभावित सुपर फन्डहरूमा अष्ट्रेलियन रिटायरमेन्ट ट्रस्ट, अष्ट्रेलियन सुपर, होस्ट प्लस, रेस्ट, र इन्सिग्निया समावेश छन्।

सुपर फन्डहरूमार्फत सबै सदस्यहरूलाई आफ्नो खाताको गतिविधि जाँच गर्न र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्तै सम्बन्धित सुपर फन्डसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

यो साइबर आक्रमण कसले र कहाँबाट गरेको हो भन्नेबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको