द भ्वाइस अफ नेपाल’ का विजेता करण राई लनचेस्टमा: शनिबार नयाँ वर्ष २०८२ मनाइदै

द भ्वाइस अफ नेपाल’ का विजेता करण राई लनचेस्टमा: शनिबार नयाँ वर्ष २०८२ मनाइदै
नेपालआईज
२७ चैत २०८१ २०:४५



होबार्ट -तास्मानियाको लनचेस्टमा शनिबार, १२ अप्रिलका दिन नेपाली नयाँ वर्ष २०८२ को भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। Handi care Services को प्रस्तुति र Creative Journey Foundation को आयोजनामा हुन लागेको उक्त कार्यक्रममा चर्चित गायक करण राईले आफ्नो प्रस्तुति दिने आयोजक ओबेत साम्पाङ्गले जानकारी दिए। कार्यक्रममा स्थानीय कलाकार तथा सांस्कृतिक नृत्य समूहहरूले पनि प्रस्तुति दिनेछन्।

कार्यक्रम अपराह्न २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ भने प्रवेश शुल्क $२५ राखिएको छ। कार्यक्रमको प्रमुख प्रायोजकहरूमा Care People Australia, Chandra Dhan Jewellery & Repair Shop रहेका छन्।

कार्यक्रम Innovative Care Tasmania, Launceston Council, र Nepali Nurses Association of Tasmania को समर्थनमा आयोजना हुन लागेको हो। सञ्चार साझेदारको रूपमा सगरमाथा आवाज र City Park Radio को रहेका छन्।

नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन् तास्मानियावासी सम्पूर्ण नेपाली भाषी तथा नेपाली सामइदायलाई आयोजकले आग्रह गरेको छ। करण राई ‘द भ्वाइस अफ नेपाल’ को चौथो सिजनको विजेता बनेका छन्। आज सम्पन्न ग्रान्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको