रास्वपाको संगठन अस्ट्रेलियाको तास्मानियामा पनि विस्तार

रास्वपाको संगठन अस्ट्रेलियाको तास्मानियामा पनि विस्तार
नेपालआईज
२८ चैत २०८१ १:१५

होबार्ट –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अस्ट्रेलियाको तास्मानिया राज्यमा पनि आफ्नो संगठन विस्तार गरेको छ। प्रवास नेपाली सम्पर्क विभाग, अस्ट्रेलियाले रवि सिंह बिष्टको संयोजकत्वमा तास्मानिया राज्य समिति औपचारिक रूपमा गठन गरेको हो।

होबार्ट सिटीमा आयोजित एक विशेष समारोहका बीच राज्य समितिको घोषणा गर्दै नेपाली समुदायबीच आपसी सम्बन्ध, सहकार्य र समन्वय प्रवर्द्धन गर्ने लक्ष्यसहित संगठन विस्तार गरिएको नवनिर्वाचित संयोजक बिष्टले बताए।

समितिमा उपसंयोजक केदार बस्ताकोटी, सचिव सुमी गौतम, कोषाध्यक्ष शिशिर ढुंगाना, तथा सदस्यहरू सुजन थापा, सपना खत्री, प्रियांका न्यौपाने नेपाल, नितेश ढकाल, दीपक कोईराला, गणेश कार्की र तप राज ढुंगाना रहेका छन्।

कार्यक्रममा प्रमुख आतिथ्यका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चन्द्र कँडेल र माननीय गणेश पराजुली उपस्थित थिए। साथै, प्रवासी नेपाली सम्पर्क विभाग, नेपालका सचिव पदम राज उप्रेतीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य प्रवक्ता विश्वास भट्टराईले राखेका थिए भने सञ्चालन नन्द अधिकारीले गरेका थिए। केन्द्रीय समितिका प्रमुख डा. कृष्ण घिमिरेले कार्यक्रमको अध्यक्षता गर्दै नयाँ समितिलाई बधाई दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको