अष्ट्रेलियाका विपक्षी नेता डटनले ल्याए सबैलाई घरधनी बनाउने योजना

नेपालआईज
३० चैत २०८१ ११:४४

क्यानबेरा – अष्ट्रेलियामा घरको मूल्य लगातार बढ्दो क्रममा रहेका बेला विपक्षी नेता पिटर डटनले पहिलोपटक घर किन्न चाहनेहरूलाई लक्षित गर्दै राहत दिने नयाँ योजना सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमार्फत डटनले “म सबैलाई घरधनी बनाउने सपना पुरा गराउन चाहन्छु” भन्दै आफ्नो योजना घोषणा गरेका हुन्। यस योजनाअन्तर्गत नयाँ घर किन्दा खरिदकर्ताले हजारौँ डलर बचत गर्न सक्नेछन्।

साथै, पहिलो $६५०,००० सम्मको घरको ऋणमा लाग्ने व्याज रकम कर बुझाउँदा कटौती गर्न सकिने व्यवस्था गरिएको छ। यस्तो कर कटौती सुविधा पाँच वर्षसम्म उपलब्ध हुनेछ, तर यस अवधिमा सम्बन्धित व्यक्तिले सो घरमा बसिरहेको हुनुपर्नेछ।

डटनको यो योजना सन् २०२५ को संघीय निर्वाचनलाई लक्षित गरी ल्याइएको मुख्य प्रस्तावहरूमध्ये एक मानिएको छ। उनले अष्ट्रेलियन नागरिकलाई आफ्नै घरको सपना साकार गर्न सघाउने प्रतिबद्धता दोहोर्याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको