Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
न्यूजिल्याण्डमा जुलाई १ र २ मा अन्तर्राष्ट्रिय शिक्षा सेमिनार
नेपालआईज
४ वैशाख २०८२ १०:५८
ओकल्याण्ड, न्यूजिल्याण्ड | छत्र शंकर
आगामी जुलाई १ र २, २०२५ मा न्यूजिल्याण्डको अकल्याण्डस्थित Mövenpick Hotel मा दुईदिने अन्तर्राष्ट्रिय शिक्षा सेमिनार NZed Connects 2025 आयोजना हुने भएको छ।
उक्त सेमिनार अष्ट्रेलियाको Corpgems Pty Ltd र न्यूजिल्याण्डको Avenues Limited को सहकार्यमा आयोजना गरिनेछ। आयोजकका अनुसार सेमिनारमा नेपालसहित एशिया, अष्ट्रेलिया, अफ्रिका तथा अन्य क्षेत्रका अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाताहरूको सहभागिता रहनेछ।
न्यूजिल्याण्डको अन्तर्राष्ट्रिय शिक्षा रणनीति 2022–2030, सुलभ, उच्च-गुणस्तर र लचिलो शिक्षा प्रणालीमा केन्द्रित छ, जसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षण बढाउने, समस्याहरूको सामना गर्ने क्षमता सुदृढ गर्ने र शिक्षाको गुणस्तर कायम राख्ने उद्देश्य राख्दछ।
न्यूजिल्याण्डको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र निरन्तर रूपमासुधार हुँदै नवप्रवर्तन, सहकार्य र उत्कृष्ट अवसरहरू प्रदान गरिरहेको छ।
सेमिनारको उद्देश्य के हो?
NZed Connects 2025 को उद्देश्य अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा कार्यरत परामर्शदाता र शैक्षिक प्रदायकहरूबीच अनुभव आदानप्रदान, रणनीतिक साझेदारी विस्तार, तथा न्यूजिल्याण्डलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आकर्षक गन्तव्यको रूपमा प्रवर्द्धन गर्नु हो।
Corpgems Pty Ltd का संस्थापक कृष्ण निरौला भन्छन्, “यो कार्यक्रमले शिक्षा परामर्शदाताहरूलाई प्रभावकारी नेटवर्किङ र व्यावसायिक विकासको अवसर प्रदान गर्नेछ।“
कार्यक्रम संयोजक ली एन डी. लानोजो ले भनिन्, “NZed Connects 2025 शिक्षा परामर्शदाता र शैक्षिक संस्थाहरूलाई एकै ठाउँमा ल्याएर विचार आदानप्रदान गर्न उत्कृष्ट प्लेटफर्म बन्न सक्छ। यो कार्यक्रम प्रत्येक वर्ष बेला गरेर आयोजना हुनेछ।”
कार्यक्रम किन महत्त्वपूर्ण छ?
नयाँ सहकार्यहरू, परियोजनाहरू, र अध्ययन प्रवर्द्धनका कार्यक्रमहरू सुरु गर्ने उपयुक्त मंच ।
अन्तर्राष्ट्रिय शिक्षा बजारको विकासलाई प्रत्यक्ष रूपमा बुझ्ने मौका ।
नीति निर्माणकर्ताहरू, प्रदायकहरू, र एजेन्टहरूबीच रणनीतिक संवाद ।
बजार विविधिकरण र विद्यार्थी प्रवृत्तिमा आधारित भविष्यका कार्यदिशाहरू ।
न्यूजिल्याण्ड अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धित तथ्यहरू
२४ प्रतिशत वृद्धि: न्यूजिल्याण्डको अन्तर्राष्ट्रिय विद्यार्थी नामांकनमा २४ प्रतिशतले वृद्धि भएको छ।
७३,५३५ विद्यार्थी: जनवरीदेखि अगस्ट २०२४ भित्र ७३,५३५ विद्यार्थी नामांकन भइसकेका छन्, जुन २०२३ को कुल संख्याभन्दा बढी हो ।
थाइल्याण्ड, अमेरिका, जर्मनी, नेपाल लगायतका विद्यार्थीहरूको वृद्धि
विश्वस्तरीय विश्वविद्यालयहरू: न्यूजिल्याण्डका सबै ८ वटा विश्वविद्यालयहरू विश्वका शीर्ष २ प्रतिशतमा पर्छन् ।
शिक्षा क्षेत्रको पुनरुत्थान: कोभिड महामारीपछिको अवस्थामा पनि विश्वविद्यालयहरू हाल पूर्व-महामारीको नामांकन स्तरभन्दा मात्र ७% कम छन्, जुन निरन्तर वृद्धि हुँदैछ।
न्यूजिल्याण्ड अन्तर्राष्ट्रिय शिक्षा रणनीति २०२२ – २०३० अन्तर्गत सुलभ, उच्च-गुणस्तरीय र लचिलो शिक्षा प्रणालीको लक्ष्य |
दर्ता शुल्क र विवरण
दर्ता शुल्क
NZed Connects 2025 मा सहभागी हुन NZ$१,२०० दर्ता शुल्क अनिवार्य छ।
NZ$१,२०० दर्ता शुल्कमा विहानको चिया, बुफे लञ्च, दिउँसोको चिया, सबै सेसनमा प्रवेश, नेटवर्किङ अवसर, साथै NZ$२०० फिर्ता नहुने (non-refundable) प्रशासनिक शुल्क समावेश छन्।
कर र मुद्रा सम्बन्धी जानकारी
सहभागीहरूले आफ्नो देशअनुसार लाग्ने स्थानीय करहरूको जिम्मेवारी लिनुपर्नेछ।
दर्ता शुल्क भुक्तानी गर्दा बैंक, एजेन्ट वा वित्तीय संस्थाहरूले लिने कुनै पनि थप शुल्कहरू सहभागीले नै तिर्नुपर्नेछ र ती फिर्ता नहुने हुन्छन्।
अमेरिकी डलरमा भुक्तानी गर्न चाहनेका लागि शुल्क US$६९० + स्थानिय करहरू हुनेछ।
आमन्त्रण पत्र (Invitation Letter)
दर्ता गरेपछि २ हप्ताभित्र औपचारिक आमन्त्रण पत्र पठाइनेछ।
शुल्क फिर्ता नीति
भिसा अस्वीकृति वा सोच परिवर्तनका कारण फिर्ता माग भएमा NZ$२०० फिर्ता नहुने शुल्क कटौती गरेर NZ$१,००० फिर्ता गरिनेछ (डिस्काउन्ट वा अन्य शुल्क लागू हुनु अघि)।