अस्ट्रेलियाको म्याक्वारी विश्वविद्यालयले अब आदिवासी विषयमा परीक्षा प्रश्न नसोध्ने

नेपालआईज
५ वैशाख २०८२ ९:५२
सिड्नी – अस्ट्रेलियाको म्याक्वारी विश्वविद्यालयले आफ्नो मूल्यांकन प्रणालीमा समावेश गरिएको ‘Acknowledgement of Country’ सम्बन्धी खण्ड हटाउने निर्णय गरेको छ। अबदेखि विद्यार्थीहरूले यस विषयमा लेख लेख्न वा परीक्षा दिनुपर्ने आवश्यकता नपर्ने भएको छ।
‘Acknowledgement of Country’ अस्ट्रेलियामा आदिवासी समुदायप्रति सम्मान जनाउने सांस्कृतिक अभ्यास हो, जसअन्तर्गत तिनीहरूको परम्परागत भूमिको सम्मान गरिन्छ। विश्वविद्यालयको यो निर्णय सामाजिक तथा शैक्षिक क्षेत्रमै बहसको विषय बनेको छ।
केही शिक्षाविद् र विद्यार्थीहरूले यो निर्णयको आलोचना गर्दै यसले आदिवासी समुदायको पहिचान र योगदानलाई कमजोर बनाउने दाबी गरेका छन्। तर विश्वविद्यालयले भने मूल्यांकन प्रणालीमा निष्पक्षता कायम राख्नका लागि यस्तो कदम चालिएको स्पष्ट पारेको छ।