एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल भन्छन् – ‘राजदूतसँगको संवादले नयाँ सम्भावनाको ढोका खोल्यो’

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल भन्छन् – ‘राजदूतसँगको संवादले नयाँ सम्भावनाको ढोका खोल्यो’
नेपालआईज
१० वैशाख २०८२ १३:१४

 

अष्ट्रेलियानेपाली समुदायको हितमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले केही दिनअघि अष्ट्रेलियाका लागि नेपाली समुदायसँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरूमा ध्यानाकर्षण गराउँदै अष्ट्रेलियन राजदूत लीएन जोनस्टनसँग काठमाडौंमा महत्वपूर्ण भेटवार्ता गरेको छ। सोही भेटबारे एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलसँग गरिएको विशेष संवादमा, भेटमा उठाइएका मुख्य एजेन्डा, राजदूतको प्रतिक्रिया, र आगामी सहकार्यका सम्भावनाबारे जानकारी लिइएको छ।

 अष्ट्रेलियन राजदूतसँगको भेटमा प्रमुख एजेन्डा के थिए?


अनिल पोखरेल: हामीले नेपाली डायस्पोराले अष्ट्रेलियामा पुर्‍याएको योगदानलाई औपचारिक मान्यता दिनुपर्ने विषय उठायौं। विशेषतः  नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूले वार्षिक २.६ अर्ब अष्ट्रेलियन डलर अष्ट्रेलियन अर्थतन्त्रमा योगदान गरिरहेका छन् भन्ने तथ्यलाई जोडसाथ राख्यौं। त्यसैले, उनीहरूलाई सहानुभूतिपूर्ण र न्यायपूर्ण व्यवहार सुनिश्चित गर्न आग्रह गरियो।

नेपाली समुदायको हितमा अरू कस्ता विषयहरू उठाउनुभयो?


अनिल पोखरेल: :
हामीले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई अझ बलियो बनाउन शैक्षिक, सीप विकास, र सांस्कृतिक आदान–प्रदानका कार्यक्रमहरूमा सहकार्य आवश्यक छ भन्ने कुरा उठायौं। छात्रवृत्ति, शैक्षिक साझेदारी, र student mobility जस्ता कार्यक्रम प्रवर्द्धनमा अष्ट्रेलियन सहयोगको विषयमा पनि छलफल गरियो।

राजदूतज्यूको प्रतिक्रिया कस्तो रह्यो?



अनिल पोखरेल: :
उहाँले हाम्रो पहलको स्वागत गर्नुभयो। TIFA (Trade and Investment Framework Agreement) अन्तर्गत नेपाल–अष्ट्रेलिया व्यापार प्रवर्द्धन र डायस्पोरा नेतृत्वमा आधारित लगानीलाई सहयोग गर्न सकारात्मक प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, नेपाललाई आवश्यक प्राविधिक र संस्थागत सहयोग दिन तत्परता पनि देखाउनुभयो।

 एनआरएनए अष्ट्रेलियाको तर्फबाट डायस्पोरासम्बन्धी के प्रस्ताव राख्नुभयो?


अनिल पोखरेल: अष्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालको विकास प्रक्रियामा औपचारिक रूपमा संलग्न गराउने संयन्त्र विकास गर्न प्रस्ताव गर्यौं। स्वास्थ्य, शिक्षा, र नवप्रवर्तनजस्ता क्षेत्रमा अष्ट्रेलियन सरकारसँग सहकार्यको माग गरियो।

 आगामी दिनमा अष्ट्रेलियन सरकारसँग सहकार्यका प्राथमिक क्षेत्रहरू के रहनेछन्?


अनिल पोखरेल: हामीले मुख्य रूपमा migration, सीप, र श्रमिक गतिशीलता (labour mobility) सम्बन्धी विषयहरू उठायौं। नेपाल–अष्ट्रेलियाबीच सुरक्षित र वैधानिक श्रमिक आदान–प्रदान, सीप अभिवृद्धि कार्यक्रम, र योग्यता मान्यताको क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावनाबारे पनि छलफल भयो। यी क्षेत्रमा साझेदारी गर्न हामी तयार रहेको कुरा प्रस्ट्यायौं।

 भिसा, रोजगार, र विद्यार्थीका समस्याबारे के कुरा उठाइयो?


अनिल पोखरेल: भिसा प्रक्रिया सहज बनाउने, रोजगारमा पहुँच सुनिश्चित गर्ने, र विद्यार्थीहरूको हित सुरक्षित गर्ने विषयमा सहजीकरणका लागि आग्रह गरियो। साथै, एनआरएनए अष्ट्रेलियाले समुदायमा गरेका योगदान र कार्यक्रमहरूको विवरण प्रस्तुत गर्दै, सरकारी साझेदारीको सम्भावनाबारे पनि छलफल गरियो।

एनआरएनए अष्ट्रेलियाको पहल र अष्ट्रेलियन राजदूतसँगको संवादले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई अझ बलियो बनाउने सम्भावना देखाएको छ। अध्यक्ष पोखरेलले व्यक्त गरेझैं, डायस्पोरा नीति, शैक्षिक अवसर, र आप्रवासी अधिकारका क्षेत्रमा सुधारका लागि यस्ता पहलहरू निरन्तरता दिन आवश्यक छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर