क्यानबेरा – अष्ट्रेलियामा मार्च महिनामा बेरोजगारी दर ४.१ प्रतिशतमा पुगेको छ। अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (ABS) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार रोजगारमा ३२ हजारको वृद्धि भए पनि बेरोजगारको सङ्ख्या पनि ३ हजारले बढेको छ।
ABS का श्रम तथ्यांक प्रमुख सीन क्रिकका अनुसार, “रोजगार बढे पनि बेरोजगारको सङ्ख्यामा पनि सानो वृद्धि भएपछि बेरोजगारी दर अलिकति बढेर ४.१ प्रतिशत पुगेको हो।”
यसैबीच, कामदारहरूले गरेको मासिक कामको घण्टा पनि ०.३ प्रतिशतले घटेको छ, जुन लगतार दोस्रो महिना घटबढ भएको हो। रोजगारीमा वृद्धि भए पनि कुल काम गरिएका घण्टा घट्नुले श्रम बजारमा विविधता र अनिश्चितता देखाएको संकेत गर्दछ।
थप जानकारीका लागि: https://www.abs.gov.au/media-centre/media-releases/unemployment-rate-41-march