नेपालका मध्यपहाडी क्षेत्रमा पानी स्रोत व्यवस्थापनमा अष्ट्रेलियाको सहयोग

नेपालका मध्यपहाडी क्षेत्रमा पानी स्रोत व्यवस्थापनमा अष्ट्रेलियाको सहयोग
काठमाडौं
३० वैशाख २०८२ ११:०१

काठमाडौं — नेपालका मध्यपहाडी क्षेत्रका पानीका स्रोत (springshed) संरक्षण तथा समुदायस्तरमा स्रोत व्यवस्थापनलाई सुदृढ बनाउन सुरु गरिएको एक नयाँ अनुसन्धान परियोजनाको प्रारम्भिक बैठक यस महिना काठमाडौंमा सम्पन्न भएको छ।

अष्ट्रेलियाली सरकारको ACIAR (Australian Centre for International Agricultural Research) को सहयोगमा सञ्चालन भएको यस परियोजनाले पानी व्यवस्थापनमा शासन प्रणाली सुधार गर्दै स्थानीय समुदायलाई सशक्त बनाउने लक्ष्य राखेको छ।

बैठकको उद्घाटन सम्बोधन नेपालका लागि अष्ट्रेलियाली राजदूत लियान जोनस्टनले गर्नु भएको थियो।

सुनकोशी र कमलामाई नगरपालिकामा क्षेत्रीय अवलोकन

बैठकपछि सहभागी टोलीले सिन्धुली जिल्लाको सुनकोशी र कमलामाई नगरपालिकास्थित पानीको मुहानहरू अवलोकन गरेका थिए।

त्यस अवसरमा जैविक तथा सामाजिक-आर्थिक पक्षहरूमा साझेदार संस्था, स्थानीय नेताहरू तथा समुदायका प्रतिनिधिहरूसँग छलफल गरिएको थियो।

यस परियोजनामा CSIRO, अष्ट्रेलियन दूतावास नेपाल, र विभिन्न साझेदार संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको छ। परियोजनाका संयोजकहरूले संयुक्त समर्थन र सहकार्यका लागि सबैप्रति आभार व्यक्त गरेका छन्।

थप जानकारीका लागि:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको