होबार्ट, तास्मानियाको सुन्दरता अवलोकन गरेर ब्रिसबेन फर्किने तयारीमा रहेका दुई युवा पर्यटकको जीवन त्यहीँ समाप्त भएको छ। बुधबारदेखि बेपत्ता रहेका ती पर्यटकहरूको शव प्रहरीले सवारी दुर्घटनास्थल नजिकै फेला पारेको पुष्टि गरेको छ।
ब्रिसबेनका रहने २० दशक उमेरका लियान्द्रा काङ र ताकाहिरो तोया नामक जोडी जुन ३ मा नर्थ होबार्टको होटेलबाट छुटेका थिए। उनीहरू स्ट हेलन्स र स्क्यामान्डर क्षेत्रमा घुमघाम गरेर जुन ४ मा ब्रिसबेन फर्कने योजनासहित विमान चढ्नुपर्ने थियो। तर उनीहरू न विमान चढे न त भाडामा लिएको गाडी फर्काए।
तिनीहरूलाई खोजी गर्ने क्रममा तेब्राकुन्ना रोड नजिकै पानीमा डुबेको सवारी फेला पारिएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक लुक म्यानहुड का अनुसार गाडी ब्रिजबाट चिप्लिएर पानीमा पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
“यो अत्यन्तै दुःखद परिणाम हो। हामी मृतकका परिवार र आफन्तहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौं,” निरीक्षक म्यानहुडले भने।
घटनालाई लिएर कुनै आपराधिक संलग्नता देखिएको छैन। यद्यपि, औपचारिक प्रक्रिया अनुसार शव परीक्षण र थप फरेन्सिक अनुसन्धानपछि मृत्युपछि रिपोर्ट तयार गरिने बताइएको छ।