एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले AUKUS सुरक्षा सम्झौता पुनरावलोकन गर्ने घोषणा गरेको छ, जसले अष्ट्रेलियामा कूटनीतिक हलचल ल्याएको छ।
‘अमेरिका फर्स्ट’ नीतिअनुसार, सम्झौताले अमेरिकी हित, सैनिक तयारी र साझेदार मुलुकहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने रक्षा विभागको भनाइ छ।
AUKUS भनेको सन् २०२१ मा सुरू भएको अमेरिका, अष्ट्रेलिया र बेलायतबीचको त्रिपक्षीय सैन्य गठबन्धन हो, जसले अष्ट्रेलियालाई आणविक पनडुब्बी प्रविधि र क्षेत्रीय सामरिक साझेदारी उपलब्ध गराउँछ।
ट्रम्प प्रशासनको AUKUS पुनरावलोकनले अष्ट्रेलियाको रणनीतिक सुरक्षा नीतिमा अनिश्चितता थप्ने विश्लेषण गरिएको छ।
यो खबर अष्ट्रेलियन संचार माध्यमले प्रकाशन गरेका छन्।