मेलबर्न। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकालका लागि सदस्यता संख्या १२ हजार नाघेको छ।
२०२५ जुन १४ मा अद्यावधिक गरिएको तथ्यांक अनुसार कुल सम्भावित सदस्य संख्या १२ हजार १० पुगेको हो। हालसम्म स्वीकृत सदस्य संख्या ७ हजार ४२१ रहेको छ भने प्रक्रियामा रहेका २ हजार २३३ र भुक्तानी बाँकी अवस्थामा रहेका २ हजार ३५६ जना छन्।
राज्यगत विवरण हेर्दा पश्चिम अष्ट्रेलियामा सबैभन्दा बढी २ हजार १०७ जना सदस्य छन्। न्यू साउथ वेल्समा १ हजार ७१९, क्वीन्सल्याण्डमा १ हजार ३४८, भिक्टोरियामा ९८७, अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा ९७६, दक्षिण अष्ट्रेलियामा ९६४, तास्मानियामा ६४४ र नर्दन टेरिटोरीमा ४६० जना सदस्य छन्। विशेषतः भिक्टोरिया राज्य, जहाँ नेपालीहरूको बाक्लो उपस्थिति रहेको मानिन्छ, तर अहिलेसम्म एक हजार सदस्यता नपुगेको अवस्था छ।