फ्लाइट क्यान्सल? ढिलाइ? – अष्ट्रेलिया–नेपाल यात्रुहरूका लागि सात सुझाव!

फ्लाइट क्यान्सल? ढिलाइ? – अष्ट्रेलिया–नेपाल यात्रुहरूका लागि सात सुझाव!
नेपालआईज
१० असार २०८२ ०:५७

मध्यपूर्वको बढ्दो तनावका कारण कतार लगायत ट्रान्जिट मुलुकहरूको आकाशमार्गमा अस्थायी अवरोध भइरहेको छ। यस्तो परिस्थितिमा यात्रुहरूले निम्न सुझावहरू पालना गर्न अत्यन्त जरुरी छ:

उडानको स्थिति नियमित जाँच गर्नुहोस् ! 

– आफ्नो एयरलाइन्सको वेबसाइट वा मोबाइल एपमार्फत उडान ढिलाइ, रद्द वा मार्ग परिवर्तनबारे जानकारी लिनुहोस्।

– ट्राभल एजेन्ट वा एयरपोर्ट हेल्पडेस्कसँग सम्पर्कमा रहनुहोस्।

वैकल्पिक ट्रान्जिट विकल्पको तयारी गर्नुहोस्

– कतार, दुबई वा सिंगापुरजस्ता मुख्य ट्रान्जिट देशहरूमा उडान मार्ग परिवर्तन हुने सम्भावना रहेकाले वैकल्पिक मार्गका लागि तयारी गर्नुहोस्।

अतिरिक्त समयको व्यवस्था गर्नुहोस्

– ट्रान्जिटमा ढिलाइ वा पुनःबुकिङ हुनसक्ने भएकाले यात्रा तालिकामा लचकता अपनाउनुहोस्।

महत्वपूर्ण कागजात साथ राख्नुहोस्

– राहदानी, भिसा, टिकट, ट्राभल इन्सुरेन्स, कन्सुलर सम्पर्क विवरण आदि अनलाइन र प्रिन्ट दुवै रूपमै साथमा राख्नुहोस्।

स्वास्थ्य र सुरक्षा उपाय अपनाउनुहोस्

– भीडभाडयुक्त स्थानमा सतर्कता अपनाउनुहोस्, सुरक्षित दूरी र व्यक्तिगत सुरक्षा उपायहरू (जस्तै मास्क, स्यानिटाइजर) प्रयोग गर्नुहोस्।

आपतकालीन सम्पर्क स्रोतहरू नोट गर्नुहोस्

– अष्ट्रेलियाबाट:

📞 1300 555 135 (within Australia)

📞 +61 2 6261 3305 (from overseas)

– नेपालमा अष्ट्रेलियन दूतावास: Australian Embassy, Kathmandu

Smartraveller मा दर्ता हुनुहोस्:

https://www.smartraveller.gov.au मा आफ्नो यात्रा दर्ता गर्नुस् ताकि आपतकालमा सरकारसँग समन्वय सहज होस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको