ईक्यानको कडा चेतावनी

अष्ट्रेलिया आउने भ्रामक विज्ञापनको पछि लाग्नुभयो भने भिसा नै क्यान्सिल हुने खतरा !

अष्ट्रेलिया आउने भ्रामक विज्ञापनको पछि लाग्नुभयो भने भिसा नै क्यान्सिल हुने खतरा !
नेपालआईज
१९ असार २०८२ २१:००

 

काठमाडौं । सामाजिक सञ्जालमार्फत अष्ट्रेलिया अध्ययनका लागि भिसा सजिलै पाइन्छ भन्ने आकर्षक प्रचार देखेर तयारी गरिरहनु भएको छ ? सावधान ! शिक्षा परामर्शदाता संस्था ईक्यान (ECAN) ले यस्ता भ्रामक दाबीहरूका कारण विद्यार्थीको भिसा क्यान्सिल समेत हुन सक्ने चेतावनी दिएको छ।

ईक्यानले जारी गरेको विशेष विज्ञप्तिमा TikTok, Facebook, Instagram लगायत माध्यममा देखिने “Visa Guaranteed”, “Low percentage मा Visa पक्का”, “Gap भए पनि Visa हुन्छ” भन्ने खालका सामग्री गैरकानुनी, अप्रमाणित र भ्रम फैलाउने भएको बताउँदै यसप्रति सावधानी अपनाउन आग्रह गरिएको छ।

कानुनी समस्या र भिसा रद्द हुने खतरा

ईक्यानले स्पष्ट शब्दमा भनेको छ– “भ्रामक प्रचारको पछि लागेर प्रक्रिया थाल्दा भिसा अस्वीकृति मात्र होइन, भिसा क्यान्सिल, ब्ल्याकलिस्ट र कानुनी कारबाहीको जोखिम पनि रहन्छ।” अष्ट्रेलियन अध्यागमन ऐनले गलत विवरण, नक्कली कागजात वा असत्य दाबीमार्फत गरिएको आवेदनलाई अस्वीकार मात्र होइन, आवेदकलाई लामो समयसम्म अष्ट्रेलिया प्रवेश निषेधसमेत गर्न सक्ने व्यवस्था गरेको छ।

विद्यार्थी र अभिभावकलाई ईक्यानको सुझाव:

सामाजिक सञ्जालको प्रचार सामाग्रीलाई बिना पुष्टि नमान्नुहोस्।
Visa Guaranteed भन्ने जस्ता दाबीप्रति गम्भीर शंका राख्नुहोस्।
भिसा प्रक्रिया जटिल, खर्चिलो र प्रमाणमा आधारित हुन्छ भन्ने बुझ्नुहोस्।
केवल दर्ता भएका, आचारसंहितामा प्रतिबद्ध र अनुभवी परामर्शदातासँग मात्र परामर्श गर्नुहोस्।
www.homeaffairs.gov.au जस्ता सरकारी वेबसाइटबाट आधिकारिक जानकारी मात्र लिनुहोस्।

ईक्यानले विदेश अध्ययनलाई “भावनामा होइन, योजनामा आधारित निर्णय” बनाउन आग्रह गर्दै भन्नुभएको छ, “विद्यार्थीको भविष्यलाई टिकटकको भिडियोले होइन, प्रमाण र कानुनी प्रक्रिया अनुसारको तयारीले सुरक्षित बनाउँछ।”

जुलाई १ बाट भिसा शुल्क २,००० अष्ट्रेलियन डलर

ईक्यानले ध्यानाकर्षण गराएको अर्को महत्त्वपूर्ण पक्ष भनेको अष्ट्रेलियाको विद्यार्थी भिसा शुल्क जुलाई १ देखि २,००० डलर पुगेको हो। यसले गर्दा एकपटक भिसा अस्वीकृत भएमा विद्यार्थीको समय, श्रम र रकम तीनवटै खेर जान्छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको