डार्विन | अष्ट्रेलियाको उत्तरी क्षेत्रमा नेपाली समुदायको सेवामा विगत लामो समयदेखि सक्रिय भवानी पौडेल, गैर-आवासीय नेपाली संघ नर्दन टेरिटोरीका लागि राज्य संयोजक पदमा आफ्नो एजेण्डा र टिम सहित चुनावी अभियानमा सक्रिय भएका छन्। समुदायको हरेक आवश्यकता र समस्यामा सधैं साथ दिने प्रतिबद्धता र भावी योजनासहित पौडेल चुनावी मैदानमा छन् ।
को हुन् पौडेल ?
सन् २०१४ मा अष्ट्रेलिया आएदेखि नै नेपाली समुदायसँग मन, वचन र कर्मले जोडिएका भवानी पौडेल NRNA-NSW (२०१९–२१) को कार्यसमिति सदस्य र हाल NRNA-NT का उप-संयोजक हुन्।
उनले भने, “मैले सधैं युवा साथीहरू, सहकर्मीहरू, सामुदायिक परियोजनाहरू र हाम्रो पहिचानको संरक्षण गर्दै एकतालाई प्रवर्द्धन गर्दै आएको छु र यी काम गर्न म कुनै पनि कसर बाँकी राख्दिन।”
उनको भनाइमा, “NRNA-Northern Territory केवल संस्था नभई यो हाम्रो सामुदायिक घर हो, जहाँ भाषा, संस्कृति, मूल्य–मान्यता र भविष्यका पुस्ताको संरक्षण र प्रवर्द्धन हुन्छ।” उनी उत्तरी क्षेत्रका सरकारका सदस्य, कर्मचारी, प्रतिपक्षी दल र बहुसांस्कृतिक समुदायसँग निरन्तर सहकार्य गर्दै आएका छन्।
पौडेल भन्छन्, “मेरो यात्रा समुदाय सशक्त बनाउने, युवा ऊर्जालाई एकताबद्ध गर्ने, सुख–दुःखमा साथ दिने, महिला नेतृत्वलाई सहयोग गर्ने, हाम्रा बालबालिका र भविष्यका पुस्तालाई प्रोत्साहित गर्ने र NT मा सम्मानित नेपाली उपस्थिति निर्माण गर्ने साझा उद्देश्यका साथ अघि बढेको छ।”
पौडेलको चुनावी एजेन्डा
सामुदायिक पहिचान र संस्थागत सुदृढीकरण
- NT सरकारसँग सहकार्य गरी नेपाली सामुदायिक भवन निर्माण प्रक्रिया सुरु गर्ने।
- नेपाली बासिन्दाहरूका लागि दीर्घकालीन अवसर र कल्याण सुनिश्चित गर्ने रणनीति तयार गर्ने।
युवा र बालबालिकामैत्री कार्यक्रमहरू
- Kids Picnic, सांस्कृतिक आदानप्रदान दिवस जस्ता शैक्षिक तथा रमाइला कार्यक्रमहरू।
- नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी र आप्रवासीहरूका लागि Welcome Orientation Program।
- दोस्रो पुस्ताका युवाहरूलाई समुदाय र संस्कृतिमा आधारित परियोजनामा संलग्न गराउने।
परिवार र खेलकुद–केन्द्रित गतिविधिहरू
- पहिलोपटक Family-Oriented Sports Week आयोजना।
- चाडपर्व, संगीत र सांस्कृतिक कार्यक्रमहरूद्वारा एकता र सद्भावको प्रवर्द्धन।
सांस्कृतिक समावेशिता र विविधताको सम्मान
- Intercultural & Ethnic Exchange Events आयोजना।
- Nepal Festival NT लाई समावेशी र राज्य–मान्यता प्राप्त बहुसांस्कृतिक उत्सवमा रूपान्तरण।
संस्थागत क्षमता विकास र सहकार्य सुदृढीकरण
- सामाजिक कल्याण समितिलाई सशक्त र स्रोत–सम्पन्न बनाउने।
- स्थानीय सरकार, बहुसांस्कृतिक निकाय, र अन्य नेपाली संघ–संस्थासँग सहकार्य विस्तार।
- क्याथरिन, एलिस स्प्रिंग्स, टेनन्ट क्रिकका प्रतिनिधिसहित क्षेत्रीय उपसमिति गठन।
नेपालसँगको सम्बन्ध सुदृढीकरण
- नेपालसँगको सांस्कृतिक र मानवीय सम्बन्ध प्रवर्द्धन।
- शिक्षा, विपद् राहत र सामाजिक कार्यहरू मार्फत योगदान पुर्याउने थप मार्गहरू निर्माण।
उनले भने ,मेरो पुरै टिमसहित म समुदायमा जाँदैछु “तपाईंको विश्वास, भोट र सुझावका साथ, म इमान्दारी, पारदर्शिता, जोश र साझा दृष्टिकोणसहित नेतृत्व गर्न तयार छु।” एनआरएनए अष्ट्रेलियाको चुनाव आगामी जुलाई २६ मा हुँदैछ ।
Thank you for such a wonderful column.