इन्टरनेशनल स्टुडेन्ट लिडरशिप एन्ड एम्बेसेडर कार्यक्रममा छनोट

अष्ट्रेलियमा नेपाली विद्यार्थी सुरज कार्की सफलता

अष्ट्रेलियमा नेपाली विद्यार्थी सुरज कार्की सफलता
नेपालआईज
२ साउन २०८३ २२:१८

 डार्विन /  अस्ट्रेलियाको चार्ल्स डार्विन विश्वविद्यालय (सिडियू)का एक नेपाली विद्यार्थी सुरज कार्की “इन्टरनेशनल स्टुडेन्ट लिडरशिप एन्ड एम्बेसेडर कार्यक्रममा  छनोट भएका  भएका छन् । 

सिडियूको सिड्नी क्याम्पसमा साइबर सुरक्षा  विषयमा स्नातकोत्तर (मास्टर्स अफ आईटी) अध्ययनरत कार्की  यो कार्यक्रममा छनोट हुने  विश्वविद्यालयकै पहिलो विद्यार्थी बनेका  हुन्।

यो प्रतिष्ठित कार्यक्रमले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भविष्यको करियरमा सफलता हासिल गर्न र व्यावहारिक अनुभव बटुल्नका लागि निःशुल्क व्यावसायिक तालिम, एकीकृत सिकाइ (Integrated Learning) र विभिन्न स्वयंसेवाको अवसरहरू प्रदान गर्दछ।

स्वयंसेवाबाट मिल्यो प्रेरणा र मेयरको निमन्त्रणा

आफ्नो यो सफलताको  श्रेय सुरज कार्कीले CDU करियर सेन्टरको “VALue” (Volunteering and Learn) कार्यक्रमलाई दिएका छन्।

“CDU VALue कार्यक्रममा सहभागी भएपछि मैले स्वयंसेवाले समुदायमा कति ठूलो प्रभाव पार्न सक्छ भन्ने कुरा बुझ्ने मौका पाएँ। त्यसैले जब न्युजलेटरमा ISLA कार्यक्रमको बारेमा थाहा पाएँ, मैले तुरुन्तै आवेदन दिएँ। तर, म साँच्चै छनोट हुनेछु भन्नेमा चाहिँ म आफैं अचम्मित परेको थिएँ।”

सुरज कार्की

उनले अगाडि थपे, “अन्तर्राष्ट्रिय विद्यार्थी हुनुका आफ्नै चुनौतीहरू हुन्छन्। यस्तो अवस्थामा नेटवर्किङ गर्ने, नयाँ सीप सिक्ने र अन्य विद्यार्थीहरूसँग जोडिने यो अतिरिक्त अवसर मेरा लागि र अस्ट्रेलियामा मेरो सफलताका लागि निकै महत्त्वपूर्ण छ। म CDU को प्रतिनिधित्व गर्न पाउँदा गर्व गर्छु र आगामी दिनमा मिल्ने अवसरहरूका लागि उत्साहित छु।”

यसैबीच, कार्कीको स्वयंसेवाप्रतिको प्रतिबद्धता र ISLA कार्यक्रममा उनको सहभागिताकै कारण सिड्नी शहरका मेयर (Mayor) द्वारा आयोजित ‘थ्याङ्क यू रिसेप्सन फर सिड्नी भोलन्टियर्स’ मा समेत उनलाई विशेष अतिथिका रूपमा आमन्त्रित गरिएको  थियो । CDU सिड्नी क्याम्पसको तीव्र विस्तार र सफलता

सुरज कार्कीको यो छनोट विश्वविद्यालयका लागि एउटा ठूलो कोेसेढुङ्गा साबित भएको  सिडियूले जनाएको छ ।   स्थापनाकालदेखि नै CDU को सिड्नी क्याम्पसले आफ्ना शैक्षिक विकल्पहरू तीव्र रूपमा विस्तार गर्दै लगेको छ। हाल यहाँ ‘मास्टर्स अफ आईटी’ र ‘डाटा साइन्स’ जस्ता उच्च माग भएका कोर्षहरू सञ्चालनमा छन् भने जर्ज स्ट्रिटमा रहेको यसको भौतिक संचरना समेत ५० प्रतिशतभन्दा बढीले विस्तार भइसकेको छ।

CDU सिड्नीकी एसोसिएट भाइस-चान्सेलर डा. साशा जेन्किन्सले यस उपलब्धिलाई विश्वविद्यालयको ठूलो सफलताका रूपमा चित्रण गरेकी छन्।

“CDU सिड्नी क्याम्पसले कोर्षहरूको परिमार्जन, विद्यार्थी सहायता र विविध अवसरहरूमा उल्लेख्य वृद्धि गरिरहेको छ। सुरज कार्कीको यो छनोटले सिड्नीको शैक्षिक वृत्तमा CDU को बलियो उपस्थितिलाई प्रमाणित गर्छ। यसले हाम्रा विद्यार्थीहरूलाई स्थानीय समुदायमा जोडिन र उनीहरूको भविष्यलाई सुरक्षित गर्ने थप अवसरहरूसँग समाहित हुन प्रोत्साहन मिल्नेछ।”

डा. साशा जेन्किन्स, एसोसिएट भाइस-चान्सेलर

विश्वविद्यालयले आफ्ना विद्यार्थीहरूलाई उत्कृष्ट एक्सपोजर दिइरहेको यो पहिलो घटना भने होइन। भर्खरै सम्पन्न ‘वेस्टर्न सिड्नी करियर एक्स्पो’ मा समेत CDU का आईटी, प्रोजेक्ट म्यानेजमेन्ट र मिडवाइफरी (Midwifery) विधाका विद्यार्थीहरूलाई विद्यार्थी प्यानलमा आमन्त्रित गरी उनीहरूको अध्ययनको अनुभव साझा गर्ने विशेष अवसर प्रदान गरिएको थियो। 

समाचार स्रोत 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको