मेलबर्न । गैरआवासीय नेपाली संघ अस्ट्रेलिया (एनआरएनएए) को आयोजनामा “पाँचौं एनआरएनए–भिक्टोरिया युथ कप टेबल टेनिस प्रतियोगिता” आगामी २१ फेब्रुअरी २०२६ शनिबार आयोजना हुने भएको छ।
समुदायबीच खेलभावना विकास, स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन र आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको युवा संयोजक गौरव सुनारले जानकारी दिए ।
कार्यक्रम विवरण:
समय: बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म
कार्यक्रम लोकेशनको लागि यहाँ क्लीक गर्नुहोस ।
प्रतियोगिता विधा:
– पुरुष खुला
– महिला खुला
– १५ वर्षमुनि बालक
– १५ वर्षमुनि बालिका
– ३५ वर्षमाथि भेट्रान
अनलाइन दर्ता खुला गरिएको छ। इच्छुकले तोकिएको लिंकमार्फत नाम दर्ता गर्न सक्नेछन्।
कार्यक्रमका लागि व्यक्ति तथा संस्थाका लागि प्रायोजन अवसरसमेत उपलब्ध रहेको जनाइएको छ। थप जानकारीका लागि गौरव सुनार, विक्रम कुँवर, महादेव धानुक वा ससेन्द्र केसीसँग सम्पर्क गर्न सकिनेछ।