न्यूजील्याण्डमा अध्यागमन अपराध

भिसामा झूट र श्रमशोषणमा संलग्नलाई कडा कारबाही ,पाँच वर्षे अनुसन्धानपछि दोषी ठहर!

भिसामा झूट र श्रमशोषणमा संलग्नलाई कडा कारबाही ,पाँच वर्षे अनुसन्धानपछि दोषी ठहर!
नेपालआईज
२३ असार २०८२ २०:३२

वेलिङ्टन / न्यूजील्याण्डमा दुई फरक अध्यागमन अपराधमा संलग्न दुई व्यक्तिलाई कानुनी रूपमा दोषी ठहर गर्दै अदालतले सजाय सुनाएको छ।

पहिलो घटनामा एक फिलिपिनी महिलाले पाँच वटा भिसा आवेदनमा झूटो र भ्रामक जानकारी पेश गरेकी थिइन्। उक्त कार्यका लागि उनलाई ७ महिनाको होम डिटेन्स र २५,००० डलर जरिवाना तोकिएको छ।

अर्को छुट्टै घटनामा सामोआका नागरिकहरूलाई अवैध रूपमा रोजगारमा संलग्न गराएको अभियोगमा एक व्यक्तिलाई दोषी ठहर गर्दै अदालतले ६ महिनाको होम डिटेन्स सजाय सुनाएको हो। यो मुद्दामा सन् २०१४ देखि २०२१ सम्मको ५ वर्ष लामो अनुसन्धान पछि कारबाही गरिएको थियो।

न्यूजील्याण्ड अध्यागमन विभाग (INZ) ले एक सार्वजनिक चेतावनी जारी गर्दै भनिएको छ,

“प्रवासीको शोषण कुनै हालतमा स्वीकार्य छैन र यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याइनेछ।”

यदि कसैसँग अध्यागमन धोखाधडी वा शोषणसम्बन्धी जानकारी छ भने ०८०० ५५५ १११ मा गोप्य रूपमा Crimestoppers मार्फत रिपोर्ट गर्न सकिने INZ ले जनाएको छ।

थप जानकारीका लागि

केस १: Philippine national sentenced

केस २: Samoan national sentenced

नोट: उपरोक्त समाचारमा प्रयोग भएका सबै तथ्यांक र कानुनी विवरणहरू न्यूजील्याण्ड अध्यागमन विभागद्वारा सार्वजनिक गरिएको आधिकारिक सूचना अनुसार प्रस्तुत गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर