एनसिसी सदस्यमा निरौलाको उम्मेदवारी

एनसिसी सदस्यमा निरौलाको उम्मेदवारी
नेपालआईज
७ साउन २०८२ ४:१०

दक्षिण अस्ट्रेलिया । यही जुलाईको २६ तारिख हुने एनआरएनए अस्ट्रेलियाको निर्वाचनमा दक्षिण अस्ट्रेलियाबाट प्रेम (सुभाष) निरौलाले उम्मेदवारी दिएका छन् । दक्षिण अस्ट्रेलियाबाट जम्मा दुईजना निर्वाचित हुने सदस्यमा निरौला सहित ४ जनाको उम्मेदवारी परेको छ ।

एनआरएनएको वर्तमान युवा सल्लाहकार रहेका निरौला दक्षिण अस्ट्रेलियाका सफल व्यवसायि हुन् । उनले लामो समयदेखि नमस्ते सुपरमार्केट सञ्चालन गर्दै आएका छन् । उनले युवा आवाज र नेतृत्वलाई सबल बनाउँदै युवाको सहभागिता बढाउने, जवाफदेयी र पारदर्शी आर्थिक प्रणालीलाई एनआरएनएमा अझ सुदृढ बनाउने, परिवार केन्द्रित सामुदायिक कार्यक्रमलाई प्रोत्साहन गर्नका लागि पहल गर्ने र संघीय राज्य प्रणालीसँग दक्षताका साथ सहकार्य गर्नका लागि आफुले आवाज उठाउने बताएका छन् । ‘एनसिसी सदस्यका रुपमा आफुले एनआरएनए अस्ट्रेलियालाई सबैको आफ्नो संस्था बनाउनका लागि सक्दो प्रयास गर्नेछु ।’ निरौला भन्छन् ।

एनआरएनमा लामो समयदेखि स्वयंसेवकका रुपमा काम गर्दै आएका निरौलाले बिभिन्न राज्यमा आयोजना हुने एनआरएनए अस्ट्रेलियाको कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् । ‘वाक फर कम्युनिटी सेन्टर एसए’ को संयोजकका रुपमा काम गरिसकेका उनले एनआरएनएप्रति पछिल्लो समयमा बढ्दै गएको बितृष्णा तथा असन्तुष्टिलाई सम्बोधन गर्न पनि आवश्यक रहेको उनको धारणा छ । उनले आफ्नो अनुभव र समाजिक कामप्रतिको लगावलाई एनसिसी सदस्यका रुपमा समाजलाई अझ सेवा गर्ने आफ्नो चाहना रहेको बताए । ‘निर्वाचनको परिणाम जे भएपनि आफ्नो समाजप्रतिको लगाव र भावनालाई म सदैव समाजका लागि प्रयोग गर्नेछु ।’

एनआरएनएको यस पटकको निर्वाचनमा यहाँबाट अध्यक्षका लागि विनोद वानियाँ, थिर गुरुङ र देवेन्द्र खरेलले उम्मेदवारी दिएका छन् । एनसिसी सदस्यमा निरौला सहित प्रतिष्ठा गौतम, तिर्थ नहर्की र बिष्णु चापागाईंले समेत आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर