मेलबर्नमा नवाज अन्सारी र सिसन बाँनियाको धमाका, जुलाई २८ मा “Live in Melbourne”

मेलबर्नमा नवाज अन्सारी र सिसन बाँनियाको धमाका, जुलाई २८ मा “Live in Melbourne”
नेपालआईज
७ साउन २०८२ १५:२०

मेलबर्न, अष्ट्रेलिया । नेपाली संगीतप्रेमीका लागि मेलबर्नमा एक विशेष सांगीतिक कार्यक्रम हुँदैछ। चर्चित र्‍यापर नवाज अन्सारी र लोकप्रिय कन्टेन्ट क्रिएटर सिसन बाँनिया जुलाई २८ मा एउटै मञ्चमा प्रस्तुति दिने भएका छन्।

“Live in Melbourne” नाम दिइएको उक्त कन्सर्ट मेलबर्नको प्रसिद्ध Billboard, Russell Street मा आयोजना हुनेछ। कार्यक्रमको व्यवस्थापन Braj Events ले गर्दैछ।

नवाज अन्सारीको दमदार र्‍याप र सिसन बाँनियाको प्रस्तुती एकै ठाउँमा हेर्न उत्साहित दर्शकहरूका लागि यो कार्यक्रम विशेष आकर्षण हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर