मेलबर्न— भर्जिन अष्ट्रेलियाको एक विमान आइतबार राति मेलबर्न तुलामरिन विमानस्थलमा दुर्घटनामा परेपछि क्षतिग्रस्त भएको छ। विमानलाई मर्मतका लागि ह्याङ्गर तर्फ तानेर लैजाँदै गर्दा विमान टोइंग टगसँग ठोक्किएको थियो।
विमानको बायाँ भागमा केही मिटर लामो ठूलो क्षति देखिएको छ। घटनाको समयमा विमानमा कुनै यात्रु थिएनन् र कोही घाइते पनि नभएको airline ले जनाएको छ।
विमान नियमित मर्मतका लागि लैजाँदै गरिएको हुँदा, यस घटनाले सोमबारको उडान तालिकामा असर नपर्ने कम्पनीको भनाइ छ।
घटनाबारे अनुसन्धान सुरु गरिएको छ।