सिड्नीमा फोर्कलिफ्ट दुर्घटनामा ज्यान गुमाउने युवक को थिए?

सिड्नीमा फोर्कलिफ्ट दुर्घटनामा ज्यान गुमाउने युवक को थिए?
नेपालआईज
१५ साउन २०८२ १२:०६

अस्ट्रेलिया – सिड्नीको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने प्रेस्टन्समा भएको एक दुःखद कार्यस्थल दुर्घटनामा २५ वर्षीय भियतनामी युवा थान ड्याटको फोर्कलिफ्ट चलाउँदा ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।

गत शुक्रबार बिहान करिब ५:४० बजे, पाउड्रिल रोडस्थित एक व्यवसायिक स्थलमा ड्याट फोर्कलिफ्टमुनि च्यापिएर गम्भीर घाइते भएका थिए। आपतकालीन सेवाका कर्मचारीहरू घटनास्थलमा तत्कालै पुगे पनि गम्भीर चोटका कारण उनको मृत्यु घटनास्थलमै भयो, न्यू साउथ वेल्स प्रहरीले जनाएको छ।

घटनाले स्थानीय बासिन्दाहरूलाई पनि स्तब्ध पारेको छ। छिमेकी माइकल होब्सले  स्थानीय  न्युजसंग  सँग भने, “जब म सडकतर्फ गएँ, म एकदमै छक्क परेँ। यो सडकमा फोर्कलिफ्ट र ट्रक चल्ने दृश्य सामान्य भए पनि, कहिलेकाहीँ जोखिमपूर्ण हुन्छ।”

अर्का छिमेकी कार्लो सान्नियोले पनि नियमित रूपमा सडकमा ट्रक र फोर्कलिफ्ट लोड हुँदै गरेको देख्ने गरेको बताए। सोही स्थानमा काम गर्ने अनुभवी फोर्कलिफ्ट चालक पिटर माइसियनले भने, “यो क्षेत्रमा दुईवटा कारखानाबीच फोर्कलिफ्ट चलाइन्छ, तर मले अहिलेसम्म कुनै दुर्घटना देखेको छैन।”

उनले फोर्कलिफ्ट प्रयोग गर्दा सावधानी आवश्यक रहेको बताउँदै भने, “यी मेसिनहरू उपयोगी छन्, तर सही तरिकाले नचलाइए खतरनाक पनि बन्न सक्छन्। मेरो लागि त यो जस्तो साथी अरू छैन — यसले गाह्रो काम सजिलो बनाइदिन्छ। तर, सुरक्षाको दृष्टिकोणले भने सधैं सचेत रहनुपर्छ।”

पहिलो पटक प्रकाशित समाचार यहाँ हेर्नुहोस । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको