अमेरिकाको केन्सास सिटीका नेपाली महिलाहरूले उत्साहपूर्वक मनाए तीज पर्व

अमेरिकाको केन्सास सिटीका नेपाली महिलाहरूले उत्साहपूर्वक मनाए तीज पर्व
नेपालआईज
२८ साउन २०८२ ९:१४

केन्सास सिटी । अमेरिकाको केन्सास सिटी र आसपास बसोबास गर्ने नेपाली महिलाहरूले आफ्नो सांस्कृतिक पहिचान र परम्परालाई जीवित राख्दै तीज पर्व उत्साहपूर्वक मनाएका छन्। केन्सास सिटी नेपलिज सोसाइटीको आयोजनामा सम्पन्न तीज विशेष कार्यक्रममा १२५ जना नेपाली महिला र स्वयंसेवक गरि १४० भन्दा बढी  सहभागी थिए।

सांस्कृतिक संरक्षण र समुदायमा एकता थप्ने उदेश्यले आयोजना गरिएको यस कार्यक्रममा सहभागी महिलाहरूले नाचगान गर्दै रमाइलो गर्दै परम्परागत तीजको दर समेत खाएका थिए।

सोसाइटीका अध्यक्ष कुवेर दाहालका अनुसार कार्यक्रममा केन्सास सिटीका साथै लिस समिट, ओभरल्याण्ड पार्क, ओलेथ र लारेन्स जस्ता छिमेकी क्षेत्रबाट नेपाली महिलाहरू सहभागी भएका थिए। सोसाइटीका अध्यक्ष दाहालका अनुसार यी क्षेत्रमा करिब ४ देखि ५ सय नेपाली परिवारहरू बसोबास गरिरहेका छन् र नेपाली समुदाय निरन्तर विस्तार हुँदै गएको छ। यहाँ अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरूको संख्या पनि बढ्दो छ, जसले समुदायमा नयाँ ऊर्जा थपेको छ। २०१४ देखि सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको सोसाइटीले आगामी दिनमा पनि नेपाली पर्व र अवसरहरूमा यस्तै कार्यक्रमहरू निरन्तर राख्ने योजना बनाएको अध्यक्ष दाहालले बताए ।

हेर्नुस तस्वीर: (यस समाचारमा प्रयोग गरिएको फोटो शेषराज कडेलले खिचेका हुन । )

2 thoughts on “अमेरिकाको केन्सास सिटीका नेपाली महिलाहरूले उत्साहपूर्वक मनाए तीज पर्व

    1. त्रुटी औल्याइदिनु भएकोमा धन्यवाद । समाचारमा प्रयोग गरिएको फोटोको क्रेडिट दिइएको छ। सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर