फेन्का अष्ट्रेलियामा नयाँ कार्यसमिति, अध्यक्षमा मधुसुदन पुडासैनी चयन

फेन्का अष्ट्रेलियामा नयाँ कार्यसमिति, अध्यक्षमा मधुसुदन पुडासैनी चयन
नेपालआईज
२९ साउन २०८२ ६:०६

अष्ट्रेलिया । फेडेरेसन अफ नेप्लिज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया (फेन्का)को २०२५–२७ कार्यकालका लागि मधुसुदन पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। सर्वसम्मत रूपमा समिति चयन सम्पन्न भएको हो।

नव निर्वाचित टोलीमा उपाध्यक्ष कपिल पाण्डे (साउथ अष्ट्रेलिया), महासचिव भोला गिरी (भिक्टोरिया), उपमहासचिव प्रकाश पौडेल (न्यू साउथ वेल्स), कोषाध्यक्ष जीवन राणा (अष्ट्रेलियन क्यापिटल टेरिटोरी) र सहायक कोषाध्यक्ष केदार रिजाल (वेस्टर्न अष्ट्रेलिया) रहेका छन्। प्रवक्तामा केशब शर्मा (क्वीन्सल्याण्ड) र सहायक प्रवक्तामा सुरेन रेग्मी (साउथ अष्ट्रेलिया) चयन भएका छन्।

त्यस्तै, विभिन्न राज्य संयोजकमा पुस्कर कोइराला (साउथ अष्ट्रेलिया), सुरज पौडेल (अष्ट्रेलियन क्यापिटल टेरिटोरी), मुक्ति राम पोखरेल (न्यू साउथ वेल्स), कमल भण्डारी (तास्मानिया), कृष्णबहादुर महरा क्षेत्री (भिक्टोरिया) र डिल्लीराम पराजुली (वेस्टर्न अष्ट्रेलिया) निर्वाचित भएका छन्। नर्दन टेरिटोरी र क्वीन्सल्याण्डका संयोजक भने पछि मनोनयनमार्फत तोकिने भएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको