अष्ट्रेलियाका सेनाप्रमुख भारतमा, रक्षा सहकार्य सुदृढीकरणमा जोड

अष्ट्रेलियाका सेनाप्रमुख भारतमा, रक्षा सहकार्य सुदृढीकरणमा जोड
नेपालआईज
३० साउन २०८२ ७:४९

नयाँ दिल्ली । भारतीय नौसेनाको मुख्यालयमा नौसेनाप्रमुख (CNS) एडमिरल दिनेश के. त्रिपाठीले अष्ट्रेलियाली सेनाप्रमुख लेफ्टिनेन्ट जनरल साइमन स्टुअर्टसँग भेटवार्ता गरेका छन्।

भेटका क्रममा एडमिरल त्रिपाठीले अष्ट्रेलियाली पक्षलाई Talisman Sabre 25 सैन्य अभ्यासको सफल आयोजनाका लागि बधाई दिएका थिए। दुवै नेताबीच भारत–अष्ट्रेलिया रक्षा सहकार्यलाई सबै क्षेत्रमा थप मजबुत बनाउने र दुबै समुद्री राष्ट्रबीचको रणनीतिक साझेदारीलाई सुदृढ गर्ने विषयमा विस्तृत छलफल भएको भारतीय नौसेनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर