फेन्काको सातौँ वार्षिक साधारण सभा क्विन्सल्यान्डमा सम्पन्न

फेन्काको सातौँ वार्षिक साधारण सभा क्विन्सल्यान्डमा सम्पन्न
नेपालआईज
८ भदौ २०८२ ९:५८

ब्रिसबेन। अस्ट्रेलियामा रहेका नेपाली समुदायका संस्थाहरूको महासङ्घ (Federation of Nepalese Community Associations of Australia – FeNCAA) ले आफ्नो सातौँ वार्षिक साधारण सभा ब्रिसबेनमा सम्पन्न भएको छ।

शनिवार सम्पन्न साधारण सभामा सदस्य संस्थाका प्रतिनिधि, सामुदायिक नेताहरू तथा अस्ट्रेलियाभरिका विशिष्ट अतिथिहरूको उपस्थितिले कार्यक्रममा विशेष महत्त्व थपिएको थियो। कार्यक्रममा नयाँ कार्यसमितिको घोषणा तथा शपथग्रहण सम्पन्न भएको छ, जसले संस्थाको नेतृत्वमा नयाँ अध्याय सुरु गरेको छ।

साधारण सभाको प्रमुख आकर्षण ‘स्ट्राटेजिक राउण्डटेबल डिस्कसन’ रहेको थियो, जहाँ सहभागीहरूले संस्थाको बल, कमजोरी, अवसर र चुनौती (SWOT) को मूल्याङ्कन गर्दै आगामी दुई वर्षका लागि प्राथमिकता र रणनीतिक दिशा निर्धारण गरेको फेन्काका प्रवक्ता, भोला गिरीले जानकारी दिए।

कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो, जसमा अक्स्ले निर्वाचन क्षेत्रका सङ्घीय सांसद तथा हाउस अफ रिप्रेसेन्टेटिभ्सका स्पिकर डिक मिल्टन, क्विन्सल्यान्ड सरकारकी बहु सांस्कृतिक मामिला मन्त्री एवं स्पिकर सम्माननीय फियोना सिम्पसन, शेडो मन्त्री चारिस मुल्लेन, NAQ का अध्यक्ष तिलकराम शर्मा, र एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवर लगायत सामुदायिक नेताहरूको सहभागिता उल्लेखनीय थियो।

फेन्काले सदस्य संस्थाका प्रतिनिधिहरू, अतिथि, निर्वाचन समिति, स्वयंसेवक, सामुदायिक अगुवा, संरक्षक परिषद्, अन्तर राज्य अतिथि, कलाकार, प्रायोजक तथा समर्थकहरूप्रति कार्यक्रममा दिएको योगदान र सफलतापूर्ण सहयोगका लागि आभार व्यक्त गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर