सिड्नीमा आध्यात्मिक महोत्सव सुरु, लाखौ डलरको दान प्रतिबद्धता

सिड्नीमा आध्यात्मिक महोत्सव सुरु, लाखौ डलरको दान प्रतिबद्धता
नेपालआईज
१४ भदौ २०८२ ५:३१

अष्ट्रेलिया / सिड्नी। आध्यात्मिक महोत्सवको पहिलो दिन कलश यात्रा तथा विविध कार्यक्रम सहभागितासहित सम्पन्न भएको छ। १२०८ कलश यात्रामा पञ्चकन्या, पञ्चे बाजा सहित सिड्नीमा स्थापित ५० भन्दा बढी सामुदायिक संघ–संस्थाका करिब १५०० भन्दा धेरै सहभागीको उपस्थितिले बरउड पार्क संगीतमय बनेको थियो।

कलश यात्रा पश्चात आयोजित औपचारिक कार्यक्रममा अष्ट्रेलियास्थित नेपाली दूतावासका तर्फबाट कुल बहादुर मगरले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो। त्यसैगरी एनएसडब्लु प्रिमियर क्रिस मिन्सका तर्फबाट बहुसांस्कृतिक मामिला सम्बन्धी संसदीय सचिव माननीय मार्क बटीगेग, बहुसांस्कृतिक मामिला मन्त्रीका प्रतिनिधि जेसन यात–सेन ली, संघीय सांसद स्याली सिटो, बरउड मेयर जोन फेकरका तर्फबाट काउन्सिलर सुकीर्ति भट्ट, एनआरएनए अध्यक्ष अनिल पोख्रेललगायतले तीन दिवसीय आध्यात्मिक महोत्सवको सफलताको शुभकामना दिनुभयो।

आध्यात्मिक महोत्सवको पूर्वसन्ध्यामा पूज्य बौद्ध धर्मगुरु टुल्कु सोनाम रिम्पुचे र वाचन प्रविण दीनबन्धु पोख्रेलबाट आशीर्वाद वाचन भएको थियो भने भरतनाट्यमसहित अन्य धार्मिक–आध्यात्मिक नृत्य प्रस्तुत गरिएको थियो।

महोत्सवको पहिलो दिन सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि दाताहरुले अष्ट्रेलियन डलर ४ लाखभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

पहिलो दिनमा दान गर्नुहुनेहरुमा GSNMC अध्यक्ष बिष्णु हमाल/सपना हमालबाट १ लाख, GSNMC उपाध्यक्ष उमेश पन्त/सिर्जना पन्तबाट १ लाख, AIA अष्ट्रेलियाका निर्देशक तथा समाजसेवी सुभान्स साहबाट १ लाख, महेन्द्र लम्साल/लता लम्सालबाट २५ हजार, सुजित सिग्देल/साधना सिग्देलबाट १० हजार, बिष्णु घिमिरे/अन्जु घिमिरेबाट १० हजार, मिना शर्मा/शुवर्ण शर्मा बाट १० हजार, प्रकाश बस्ताकोटी/सिर्जना बस्ताकोटीबाट १० हजार, अमृत आचार्य/रमा आचार्यबाट १० हजार, कल्याणी बर्तौला/विनोद बर्तौलाबाट १० हजार, प्रतिज्ञा अधिकारीबाट १० हजार र सुमन बर्तौला/सिर्जना सिग्देलबाट ५ हजार दान प्राप्त भएको छ।

पहिलो दिनको अन्त्यसम्म १५ जनाले आजीवन सदस्यता लिनुभएको छ भने नगद दान पेटिकामा २०१० डलर संकलन भएको थियो।

शनिबार र आइतबारसम्म चल्ने सिड्नी आध्यात्मिक महोत्सवमा सहभागी भई, सिड्नीमा स्थापना हुन लागिरहेको नेपाली बहुसांस्कृतिक केन्द्र निर्माण अभियानलाई सफल बनाउन GSNMC ले सबैलाई हार्दिक अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर