काठमाडौंमा अझै त्रास , “जेन-जी”पक्ष वार्तामा बस्ने

काठमाडौंमा अझै त्रास , “जेन-जी”पक्ष वार्तामा बस्ने
नेपालआईज
२५ भदौ २०८२ ४:०५

काठमाडौं / सेप्टेम्बर ८ देखि सुरु भएको “जेन-जि” आन्दोलनले राजधानीलाई दिनौँ अशान्त बनाएको भए पनि मंगलबारदेखि जनजीवन क्रमशः सामान्य बन्दै गए पनि त्रास भने कायमै छ , राजनीतिक अन्यौलता भने कायमै छ।

भ्रष्टाचारविरुद्ध र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सुरु भएको आन्दोलन पहिलो दिनमै उग्र बनेको थियो। सुरक्षाकर्मीको बल प्रयोगबाट एक बालकसहित १९ जनाको ज्यान गएपछि आन्दोलनकर्ताहरू आक्रोशित बनेका थिए। त्यसपछि संसद भवन, प्रधानमन्त्री तथा राष्ट्रपति कार्यालय, मन्त्री आवास र सर्वोच्च अदालतसम्ममा आगजनी भयो। पूर्वप्रधानमन्त्री दम्पति र अन्य नेताहरूलाई घरमै पुगेर कुटपिट गरिएको थियो। कैयौँ कैदी जेलबाट फरार भएका थिए।

घटनाक्रम तीव्र बन्दै गएपछि प्रधानमन्त्री र गृहमन्त्री दुबै सम्पर्कविहीन हुँदै पदत्याग गरेको बताइएको छ। अवस्था नियन्त्रण बाहिर जाँदै गएपछि दोस्रो दिन साँझ सेनाले मुलुकको सुरक्षा जिम्मा लिएको थियो। राष्ट्रपति र सेनाले आन्दोलनकारीलाई वार्तामा आउन अनुरोध गरेका थिए।

सेनाले आन्दोलनकारीहरूसँग प्रारम्भिक संवाद गरिसकेको छ भने जेन-जि पक्षले सेप्टेम्बर १० मा एजेन्डासहित वार्ता बस्ने तयारी गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको