मेलबर्न / भिक्टोरियाकी प्रिमियर जसिन्टा एलनले विहीबार आयोजना गरिएको मल्टिकल्चरल मिडिया कन्फरेन्स मा नेपालको पछिल्लो घटनाक्रमबारे गहिरो चिन्ता व्यक्त गरेकी छिन्।
प्रिमियर एलनले नेपालमा भइरहेको घटनाले भिक्टोरियामा रहेका नेपाली डायस्पोरालाई प्रत्यक्ष असर पारेको बताउँदै भनिन्, “भिक्टोरियामा रहेका नेपाली डायस्पोरा यो परिस्थितिबाट गहिरो असर पारेका छन्, हामी उनीहरूसँग मिलेर काम गर्न खुला छौँ।”
उनले हाल नेपालमा भइरहेको जनधनको क्षति र बढ्दो अव्यवस्थाप्रति आफू अत्यन्तै चिन्तित भएको स्पष्ट पारिन्।