दक्षिण अष्ट्रेलियामा ४१६ किलो कोकिन तस्करी प्रकरणमा फिलिपिनी नागरिकलाई १७ वर्षको जेल सजाय

दक्षिण अष्ट्रेलियामा ४१६ किलो कोकिन तस्करी प्रकरणमा फिलिपिनी नागरिकलाई १७ वर्षको जेल सजाय
नेपालआईज
२ असोज २०८२ ८:३१

एडिलेड / दक्षिण अष्ट्रेलियामा अहिलेसम्मकै सबैभन्दा ठूलो ४१६ किलो कोकिन बरामद प्रकरणमा संलग्न एक ४८ वर्षीय फिलिपिनी नागरिकलाई १७ वर्षको कारावास सजाय सुनाइएको छ। उनलाई नौ वर्ष छ महिनाको नन–प्यारोल अवधिसहित जेल सजाय सुनाइएको हो।

अष्ट्रेलियन फेडरल पुलिस (AFP) को नेतृत्वमा भएको अनुसन्धान सन् २०२२ मार्चमा सुरु भएको थियो। सो क्रममा अष्ट्रेलियन बर्डर फोर्स (ABF) ले पोर्ट एडिलेडमा एउटा व्यापारी जहाज तलाशी गर्दा ठूलो मात्रामा लागुऔषध समुद्रमा फालिएको हुन सक्ने प्रमाण भेटिएको थियो। सो जानकारी AFP सँग साझा गरिएको थियो।

त्यसै महिना, अधिकारीहरूले दक्षिण अष्ट्रेलियाको यर्क प्रायद्वीपको किनार नजिकै करिब १६६ मिलियन डलर मूल्य बराबरको कोकिन बरामद गरेका थिए।

अनुसन्धानबाट व्यापारी जहाजका दुई फिलिपिनी चालक दलका सदस्यहरूको संलग्नता देखिएको थियो। तीमध्ये एक ४५ वर्षीय पुरुषले २०२५ अप्रिलमा दोष स्वीकार गरेका छन् र उनलाई आउँदो डिसेम्बरमा सजाय सुनाइनेछ। अर्का ४८ वर्षीय पुरुषलाई भने आज सजाय सुनाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर