मेलबर्न। प्रथम शहीद लखन थापा मगरको सम्झनामा भिक्टोरियामा विशेष कार्यक्रम सम्पन्न भएको छ। नेपाल मगर समाज भिक्टोरियाको संयोजनमा आयोजित उक्त कार्यक्रममा प्रथम शहीद लखन थापा मगर स्मारक संग्रहालय सहयोगार्थ कार्यक्रम गरिएको थियो।
कार्यक्रममा नेपाल मगर संघका उपाध्यक्ष अधिवक्ता रक्षाराइका मगरको विशेष उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले शहीद लखन थापाको बलिदानलाई स्मरण गर्दै उहाँको योगदानलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रमले प्रवासी नेपाली समाजमा राष्ट्रिय इतिहास र शहीदप्रतिको कृतज्ञतालाई अझ प्रगाढ बनाउन योगदान गरेको आयोजक मगर समाज भिक्टोरियाले जनाएको छ।
कार्यक्रममा भूतपूर्व अध्यक्ष मोहन राना मगर, वर्तमान अध्यक्ष लक्ष्मी प्रकाश थापा मगरसहित मगर समाज भिक्टोरियाका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रमको प्रायोजन अमित राज थापा मगरले गरेका थिए भने सचिव सुनिल गर्बुजा मगर र कोषाध्यक्ष अनुप राना मगरले सम्पूर्ण व्यवस्थापन गरेका थिए। कार्यक्रमको सञ्चालन कुसुम मगरले गरेकी थिइन्।